Birat Post बिहिबार, माघ १८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१८ माघ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर रहेको बताएका छन् । विराटनगर वडा नम्बर ६ ले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरको उद्घाटन समारोहमा उहाँले महानगरका सबै वडामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने बताए ।

मेयर कोइरालाले विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा १९ वटै वडामा नि:शुल्क आँखा शिविर पनि सञ्चालन भइरहेको जानकारी दिए । रानी प्राथमिक स्वास्थ्य केन्द्र र बैजनाथपुर स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरी महानगरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उनको भनाइ थियो ।
महानगरवासीलाई नि:शुल्क रगत सेवासमेत प्रदान गरिरहेको मेयर कोइरालाको भनाइ थियो ।

कार्यक्रममा विराटनगर वडा नम्बर ६ का अध्यक्ष हरिश्चन्द सहनी (अक्षय)ले वडावासीलाई घरआँगनमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए । माघ २० गतेसम्म विशेषज्ञ चिकित्सकबाट वडाका विभिन्न टोलमा शिविर सञ्चालन हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल