Birat Post बिहिबार, माघ १८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१८ माघ । मोरङ जिल्ला स्तरियवि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लव विराटनगर र बेलबारी विजयी भएको छ ।

पहिलो खेलमा मिल्सले कटहरी राइजिङक्रिकेट क्लवलाई २ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ११ रनबनाएको थियो । जस्मा अभय कुर्मीले २४ रन बनाउँदा पृथ्वी सुब्बाले १८ रन बनाए ।

कटहरीका नितेश सहनी र राहुल मण्डलले २–२ विकेट लिए ।१ सय १२ रनको विजयी लक्ष पछ्याएको कटहरीलेनिर्धारित ओभरमा ५ विकेट गुमाई १ सय ९ रन बनायो । जस्मा म्यान अफ द म्याच सुनिलयादवले अविजित ५२ रनको योगदान दिए । मिल्सका आयुस श्रेष्ठ र रुपेश केतवालले २–२विकेट लिए ।

दोस्रो खेलमा वेलबारी क्रिकेट क्बलले मेरिल्याण्डक्रिकेट क्लव विराटनगरलाई ७ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको वेलबारीलेनिर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १३ रन बनाएको थियो । जस्मा शंकरतामाङले २५ रन बनाउँदा प्रवि खडकाले १८ रन बनाए। विराटनगरका विवेक झाले ३ विकेट लिँदा शशिशेखर झले पनि ३ विकेट लिए ।

१ सय १४ रनको विजयी लक्ष पछ्याएको विराटनगरले निर्धारित ओभरमा ९ विकेट गुमाई १ सय रन बनायो । जस्मा कृष्ण देवले सर्वाधिक २९रनको योगदान दिए । वेलबारीका म्यान अफ द म्याच रविन खडका र निश्चल बुढाथोकीले २–२ विकेट लिए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल