Birat Post बुधबार, माघ १७, २०८० मा प्रकाशित

featured photo: Birat Post

ताप्लेजुङ,१७ माघ । नेपाली कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस अभियानअन्तर्गत ताप्लेजुङ पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भीम पराजुली जिल्लामा आयोजित विभिन्न कार्यक्रम सहभागी भइरहेका छन् ।

यो कार्यक्रममा नेताहरुले स्थानीय कार्यकर्ता र जनताको प्रत्यक्ष सरोकारका विषयमा सुन्ने र टिपोट गर्ने गर्दछन् । यो कार्यक्रम झारा टार्ने हिसावले नभइ वुदागत टिपोटका आधारमा समस्या समाधानको पाटोमा अगाडि बढाइने भएकाले महत्वपूर्ण कार्यक्रम मानिएको छ ।

कांग्रेसले देशभरका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई वडा तथा गाउँ स्तरसम्म खटाएको छ । पार्टीको निर्देशन र उदेश्य अनुरुप पराजुलीले जिल्लाका हरेक कार्यक्रममा सहभागिता जनाइरहेका छन् । स्थानिय अस्पताल,सामुदायीक भवन,धार्मिक तथा सामाजिक सरोकार सम्वन्ध संघ,संस्थाहरुको अनुगमन तथा अवस्थाका विषयमा अध्ययन ,अनुगमन तथा समस्या तथा निराकरणका विषयमा समेत पराजुलीले चासो देखाएका छन् ।

रक्तदान कार्यक्रम,सरसफाई,जनताको गुनासो तथा बर्तमान व्यवस्थाले दिएका उपलव्धिका विषयमा समेत आफुले जनस्तरमा पुगेर जानकारी लिइरहेको पराजुलीले बताए । स्थानीय पत्रकारहरुसंग वोल्दै पराजुलीले कांग्रेसले सुरुगरेको यो अभियान अत्यन्त फलदायी हुने विश्वास व्यक्त गरे ।

कांग्रेस जनताको पार्टी भएको र यसलाई जनताकै नजिकको साथी बनाउन आवश्यक रहेको बताए । यही माघ २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्नेछन् भने अन्य औपचारिक कार्यक्रममा लामो समय खर्च गर्ने छैनन् ।

सम्बन्धित

ताजा अपडेट
बहिराहरुको भाषा संरक्षण र नयाँ शब्द संकलनमा प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री पाँचकर्ण राई
बहिरा सम्बन्धी साङ्केतिक भाषाको गोष्ठी विराटनगरमा सुरु, मन्त्री राइले गरे उद्घाटन
हिसान खेलसप्ताह : पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल