Birat Post बुधबार, माघ १७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१७ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सहिदहरुको अवमूल्यन हुने काम गरेको आरोप नेपाली काँग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले लगाएका छन् । मंगलबारबाट सुरु भएको सामुदायमा काँग्रेस अभियानको विराटनगरमा सुरुआत गर्दै नेता कोइरालाले सहिदको अवमूल्यन हुने काम प्रधानमन्त्री पुष्पकमल दाहालबाट भएको बताएका हुन् ।

प्रजातन्त्रका निम्ती बलिदानी दिएका सहिदको अवमुल्यन प्रधानमन्त्री दाहालले गरेको बताएका नेता कोइरालाले भने, ‘प्रधानमन्त्रीजीले ३ हजार थप सहिद थप्ने कुरा गर्नु भयो। सहिद दिवसका दिन हामीले सहिदहरुलाई अवमूल्यन गर्न भएन । त्यो कुरामा ध्यान दिन आवश्यक छ ।’  नेता कोइरालाले भने, ‘सहिद दिवसका दिन हामील सहिदको अवमूल्यन गर्नु भएन । त्यसमा ध्यान दिनु आवश्यक छ। सहिदको वास्तविक परिभाषालाई अंगिकार गरि अघि बढ्दा सहिदहरुप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्छ । सहिदको संख्या थप्दै गर्दा सहिदै अपमान हुने बुझेको छु ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले माघ १३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गर्ने अभिब्यक्ति दिएका थिए । त्यसैगरि, कार्यक्रममा नेता कोइरालाले काँग्रेस समुदायमा पुगेर जनभावना बुझ्न अघि बढेको उल्लेख गरे । उनले समुदायस्तरमा देखिएका कमीकमजोरीलाई आत्मसात गर्दै सच्चिएर काँग्रेस अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले विराटनगरमा शुद्ध खानेपानीलाई प्रभावकारीरुपमा जनतामाझ पुराउन महानगरले काम गर्दै आएको बताए । जापानको सहयोगी संस्था जाईकाले महानगरभित्र विच्छाइएको खानेपानीको पुरानो पाईप विस्थापित गर्दै नयाँ पाइप लगाउने कार्य अघि बढेको उल्लेख गरे ।

त्यसैगरि, सुकुम्बासी र सिंघिया खोलाको तटबन्धको समस्याबारे उठेको जिज्ञासा नेता कोइरालाले सिंघिया खोलामा अस्थायी तटबन्ध बन्ने बताए । उनले भने, ‘प्रदेश सरकारले यस क्षेत्रमा कोरिडोर निर्माण गर्नेछ । यसका लागि ठूलो बजेट लाग्ने र समय लाग्ने हुदाँ अब केही समय धैर्य गरिदिन आग्रह छ।’

सम्बन्धित

ताजा अपडेट
बहिराहरुको भाषा संरक्षण र नयाँ शब्द संकलनमा प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री पाँचकर्ण राई
बहिरा सम्बन्धी साङ्केतिक भाषाको गोष्ठी विराटनगरमा सुरु, मन्त्री राइले गरे उद्घाटन
हिसान खेलसप्ताह : पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल