Birat Post मंगलबार, माघ १६, २०८० मा प्रकाशित

featured photo: Birat Post

ताप्लेजुङ,१६ माघ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली ‘समुदायमा कांग्रेस’ अभियानमा सक्रिय छन् । उनी ताप्लेजुङ खटिएर स्थानीय कार्यक्रममा सहभागी भइरहेका छन् । समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने कार्यक्रम अन्तरगत पराजुली ताप्लेजुङ पुगेका हुन् ।

स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने र जनताबाट आएका सुझावलाई त्यहीँ कार्यान्वयनका लागि पहलकदमी लिने भन्दै कांग्रेसले गत शनिबारदेखि यो अभियान सुरु गरेको हो।

यस कार्यक्रममा औपचारिक आसन ग्रहण र मन्तव्यलगायत कार्यक्रमहरू छैनन् भने सुरुमै पार्टीको वर्तमान अवस्था र अब गर्नुपर्ने कामका लागि सुझाव माग गरिएको छ।

आजको कार्यक्रममा पनि कांग्रेस केन्द्रीय सदस्य पराजुलीले कार्यकर्ता तथा स्थानीय नेताहरुलाई पार्टीका लागि आवश्यक सुझाव दिन र आफ्ना समस्या र गुनासाहरु खुलेरै राख्न आग्रह गरेका थिए। उनले अब पार्टीलाई समुदायस्तरमा नभएर प्रत्येक नेपालीका घर-घरसम्म पुर्याउने अभियान सञ्चालन गर्न सबैसँग आग्रह गरेका थिए।

कांग्रेस ताप्लेजुङ सभापति गजेन्द्र प्रसाद तुम्याङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथीकारुपमा रहेका केन्द्रीय सदस्य पराजुली सहित जिल्लाका पदाधिकारी तथा कार्यकर्ताहरुले शहीदहरुप्रति सम्मान प्रकट गरेका छन् । ताप्लेजुङ कांग्रेसले सोमबार सरसरफाइ अभियान समेत सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पराजुलीले काग्रेसले समाज केन्द्रित जागरणले एकखाले उर्जाको विकास गर्ने बताए । उनले नेपाली  कांग्रेसलाई गाउँ-गाउँवाट केन्द्रसम्म जोड्न यो कार्यक्रम पलदायी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नगर सभापति शुरेस लिम्बू , जिल्ला कोषाध्क्ष तारा बराल , सहिद परिवारकी सदस्य शान्ता पराजुली लगायत जिल्लाका विभिन्न नेता तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल