Birat Post शनिबार, माघ १३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ माघ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले चिल्ला सडक र ठूला भवन बनेर मात्रै समाजको विकास नहुने बताउनुभयो । विराटनगर महानगरपालिकाले शनिबार आयोजना गरेको अन्तरविद्यालय लोकनृत्य प्रतियोगितालाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक विकाससँगै भाषा, साहित्य, कला र संस्कृतिको विकासले मात्रै समुन्नत समाज निर्माण हुने धारणा राख्नुभयो ।

“हामीले भौतिक विकासलाई मात्रै प्राथमिकतामा राख्ने गरेका छौं,” उहाँले भन्नुभयो, “भौतिक विकाससँगै समाजका अन्य क्षेत्रको पनि विकास हुनु जरुरी छ । समाजको सर्वाङ्गिण विकासले मात्रै सभ्य समाज निर्माण हुन्छ ।” महानगरपालिकाले भौतिक विकाससँगै खेलकुद, भाषा, साहित्य, संस्कृति, कलालगायतको क्षेत्रको विकासमा ध्यान दिएको उहाँको भनाइ थियो । उहाँले पाठ्यपुस्तकसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

यसैबीच, प्रतियोगितामा विराटनगर–३ स्थित मदननगर आधारभूत विद्यालय प्रथम भएको छ । विराटनगर–४ कञ्चनबारीस्थित आधारभूत विद्यालयमा भएको प्रतियोगितामा २२ वटा विद्यालयलाई पछि पार्दै मदननगर आधारभूत विद्यालय प्रथम भएको हो । प्रथम भएसँगै मदननगरले रनिङ शिल्ड, मेडल, प्रमाणपत्रका साथ नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरेको प्रतियोगितामा आदर्श मावि द्वितीय र गोग्राहा माविले तृतीय स्थान प्राप्त गरे ।

द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमश: मेडल र प्रमाणपत्रका साथ नगद ७ र ५ हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगितामा सहभागी विराट बहिरा माविलाई विशेष पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक राजेन्द्र घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा महानगरको शैक्षिक प्रशासन महाशाखाका संयोजक कृष्ण भट्टराई, आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन चुडाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतियोगितामा विराटनगर महानगर क्षेत्रभित्रका २२ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा नृत्यनिर्देशक नवराज भट्टराई, अमित प्रसाईं र एलिना राईले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । महानगरले यसअघि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेको छ । अब निकट भविष्यमा विज्ञान प्रदर्शनी, चित्रकला र कविता प्रतियोगिता आयोजना गर्ने योजना रहेको महानगरले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल