-सितबर्म
ब्राह्मले उत्पत्ति गरेका हुनाले जनैलाई ब्राह्मसूत्र पनि भनिन्छ। ब्राह्मले उत्पत्ति गरेपश्चात विष्णुले तीन गुण (ज्ञान, कर्मकाण्ड र उपसना) ले भरिपूर्ण गर्नुभएको र शिवले तीन ग्रन्थि पारेपश्चात गायत्री माताले अभिमन्त्रित गरी रक्षाकवज बनाएको कुरा विभिन्न ग्रन्थमा उल्लेख छ।
जनै भन्ने बितिक्कै व्रतबन्ध जोडिएर आउँछ। व्रतबन्धलाई उपनयन अर्थात् दोस्रो आँखा खोल्नु समेत भनिन्छ। आयुर्वेद चिकित्साको कौमारभृत्यमा बाल्यावस्थामा गरिने आठ संस्कारहरु वर्णन गरिएको छ। जातकर्म, नामकरण, निष्क्रमण, अन्नप्राशन, चूडाकर्म, कर्णवेधन, उपनयन र वेदारम्भहरु यी संस्कारहरुमा संस्कारहरुमा पर्छन्।
त्यसमध्ये उपनयन (व्रतबन्ध), पाँच वर्षपछि गरिने धार्मिक महत्व युक्त संस्कार भित्र पर्छ। ुसंस्कारो हि गुणान्तराधानम् अर्थात् गुणमा अन्तर ल्याउनुलाई संस्कार भनिन्छ।
व्रतबन्धले बालकलाई अनुशासनमा रहन, रीतिरिवाज सिकाउन, व्यवहारिक बनाउन र गुरु शिष्य परम्परा जागृत गराउन समेत मद्दत पुर्याउँदछ। व्रतबन्धको चिरस्थायी प्रभावका रुपमा जनैको उचित प्रयोगलाई लिने गरिन्छ। तर आजकलका युवाहरु व्रतबन्ध गरेको वर्ष दिनसम्म समेत जनै जोगाएर भिर्न सक्दैनन्।
अहिलेका युवावर्ग आफूलाई बडो भौतिकवादी र नास्तिक कहलाउँछन्। बाह्य आकर्षणमा आकर्षित हुन्छन्। सौन्दर्यलाई भोगका निम्ति सम्झिन्छन्। टप लगाउने, ट्याटु खोप्ने, कपाल रङग्याउने, फाटेको पाइन्ट लगाउने, हातमा ब्याण्ड लगाउने आदि कार्यमा सौखिन छन्। तर उनीहरु यज्ञ गरेर पवित्र बनाइएको जनै लगाउन हिच्किचाउँछन्।
शहरी रहनसहनले गर्दा संस्कारहरु भुल्दै गइरहेका छन्। ग्रह शान्ति, पूजापाठ, रुद्री, सप्ताह, व्रतबन्ध सबैप्रति हिनताभाव झल्काउँदै छन्। गाईको गोबर, गहुँत, रातो माटो, कुश, दुबोद्वारा धर्मकर्ममा शुद्धाशुद्धी गर्ने परिपाटी नहराएपनि विधिका लागिमात्रै सिमित भएका छन् । लहडी तवरमा पाश्चात्य भुलभूलैयाको सिङ पक्रेर निस्सासिँदो गहिरोमा डुब्दैछन्। प्राचीनता प्रेमी हुनुको नाताले भेदभाव रहित धर्म संस्कारको जगेर्ना गर्नु आजको आवश्यकता भइसकेको छ।
जनै किन लगाउनु पर्छ ? किन जनै कम्मरभन्दा मुनि जान हुन्न ? कति दिनमा जनै फेर्नु पर्छ? शौचको समयमा दाहिने कानमा किन जनै बेर्नु पर्छ ? खोज्दै जाने हो भने यी सबैको पक्कै पनि पौराणिक एवं वैज्ञानिक कारणहरु समाविष्ट भएका छन् । यसको अध्ययन विदेशीले गरेपछि पत्याउने परिपाटीले हामिलाई गाजेको छ । अहिले विज्ञानले पनि पूर्वीय दर्शन विज्ञान हो भन्न थालेका छन् । बरु उनीहरुले यसलाई अंगीकार गर्दै छन् । हामी भने पुर्खाहरुले बसालेको अनुभव र थितीलाई भुल्दै तिरस्कार गरिरहेका छौं । यसैले पनि होला हामी दु:ख पाइरहेका छौं । दबाई तितो हुन्छ ,अनुशासन कडा लाग्न सक्छ यस्तै हाम्रा पूर्वीय दर्शन पनि नियममा आधारित हुदा असजिलो अनुभुती होला तर यसले दिने सत्मार्गले हामीलाई सभ्य बनाइराख्छ ।
आजका प्राय: युवाहरु पाश्चात्य संस्कृतिमा केन्द्रित छन्। जनै भिरेर हिँड्न लाज लाग्छ । यसो गर्दै जाने हो भने हाम्रा पूर्खाले दिएको खुसी सकिने छ । हामीले हाम्रा परम्परा विर्सदै जानेछौं । यसको असर जन्म र पून:जन्ममा अवश्य पर्ने छ । उमेरमा खास केही लाग्दैन जव मानिस शक्तिहिन हुन्छ त्यसवेला यी सवै कुराको अनुभूती हुन जान्छ । यसर्थ हाम्रा परम्परालाई चटक्कै छाड्न हुदैन । जनै को लम्बाई ९६ अंगुल हुन्छ । यो धारण गर्नेहरु ३२ विद्या र ६४ कला जान्न सक्ने हुन्छन् । जसले यसलाई धारण गरेर आत्मसाथ गर्दछ ।
संसार परिवर्तनशील छ। नयाँ नयाँ खोज अनुसन्धानले चिकित्सा विज्ञान अर्कै मोडमा पुगेको छ। तर हाम्रा प्राचीन पद्धति, धर्म संस्कृति र चाडपर्वहरुले समेत हाम्रो स्वास्थ्य र जीवनशैलीमा सकरात्मक प्रभाव पार्छ भन्ने प्रमाणीत आधारहरु वैज्ञानिकरुपमै पनि पुष्टि भइसकेका छन् । अनी हामी किन जनै नलगाउने ? हामीलाई जुत्ता टल्काएर फूलबुट्टा झैँ सिंगारिएर, दाह्री कपाल रंगाएर हिँड्न त फुर्सद हुन्छ भने यसका पनि केही मिनेट समय दिएर हेरौ ।
जनै धारणका नियम
मलमूत्र विसर्जन गर्दा जनै दाहिने कानमा बेर्नुपर्छ र हात सफा गरेपछि मात्र निकाल्नुपर्छ । जनैलाई कम्मरमाथि राख्नुपर्छ र अपवित्र हुन दिनुहुँदैन ।
जनैको एक सूत्र चुँडियो वा जनै लगाएको ६ महिनाभन्दा बढी समय भयो भने बदल्नुपर्छ । चुँडिएको जनै शरीरमा धारण गर्नुहुँदैन । जनै मैलिन थाल्नुअघि नै परिवर्तन गर्नुपर्छ ।
घरमा जन्म वा मरणको सूतकपछि जनै बदल्ने परम्परा छ ।
जनै सफा गर्दा शरीरबाट निकालेर बाहिर राख्नुहुँदैन । सफा गर्नका लागि घाँटीमा नै त्यसलाई राखेर घुमाउँदै धुनुपर्छ । झुक्किएर जनै शरीरबाट निस्कियो भने प्रायश्चित्तका लागि एक माला जप गरेर बदल्ने नियम छ ।
जनैको वैज्ञानिक महत्त्व
बारम्बार दुःस्वप्न आइरहेको छ भने जनै धारण गर्दा त्यस्तो सपना आउँदैन ।
जनै लगाउने व्यक्ति सफाइको नियममा बाँधिएको हुन्छ । सफाइले उसको दाँत, मुख, पेट लगायतका रोगबाट बचाउँछ ।
जनैलाई दाहिने कानमा बेर्दा कानको नसा थिचिन्छ अनि मस्तिष्कको सुतेको तन्तुले काम गर्छ ।
दाहिने कानको नसा अण्डकोष र गुप्तेन्द्रियसँग जोडिएको हुन्छ । मूत्र विसर्जन गर्दा दाहिने कानमा जनै बेर्दा शुक्राणुबाट रक्षा हुन्छ ।
कानमा जनै बेर्दा सूर्य नाडी जागृत हुन्छ ।
कानमा जनै बेर्दा पेट सम्बन्धी रोग र रक्तचापको समस्या हट्छ ।
जनै धारण गर्दा विद्युत् प्रवाह रेखा नियन्त्रणमा रहन्छ र काम क्रोध नियन्त्रण गर्न सहज हुन्छ ।
जनैले पवित्रताको अनुभव गराउँछ । मनलाई खराब काममा लाग्नबाट यसले जोगाउँछ ।