Birat Post शुक्रबार, माघ १२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ माघ/ विराटनगर महानगरपालिकाले वीडीईसीडीवी मल्टी रेसिड एण्ड जेभी संस्थासँगको सहकार्यमा विराटनगर वडा नम्बर २ मा बाल स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बाल स्वास्थ्य शिविरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेलले शुभारम्भ गर्नुभयो । बाल स्वास्थ्य विशेष कार्यक्रमअन्तर्गत शिविर आयोजना गरिएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो ।

शिविरमा आएका ५ वर्षभन्दा मुनिका सबै बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरी उनीहरुलाई औषधि उपचार गरिन्छ । त्यस्तै सरसफाईलाई प्रवद्र्धन गर्नका लागि शिविरमा सहभागी हुने सबै बालबालिकाका लागि हात धुने साबुन वितरण गरिने डा. कविता अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार खासगरी शिविरमा ५ वर्षमुनिका बालबालिकाको पोषण स्थिति लेखाजोखा गरी कुपोषण भएका बालबालिकाको पहिचान गरी ती बालबालिकाहरुको पोषण स्थिति सुधारका लागि पोषण सामग्रीसमेत वितरण गरिन्छ ।

कुपोषण पहिचान बालबालिकाहरुलाई दाल, चामल, गेडागुडी, अण्डा, केरा, दूधलगायतका पोषण सामग्री ३ महिनाका लागि वितरण गरिन्छ । कुपोषित बालबालिकाहरुको स्वास्थ्य अवस्था सुधार भए नभएको भनी घरमै गएर पोषणको लेखाजोखासमेत गरी उचित व्यवसथापन गर्दै बालबालिकाको बिरामी र मृत्युदर घटाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने वीडीईसीडीवी मल्टी रेसिड एण्ड जेभीमा आबद्ध डा. सुरेन्द्र बस्नेतले बताउनुभयो ।

यस्तै शिविरमा बालबालिका लिएर आउने आमाहरुलाई बालबालिकाको स्वास्थ्य स्याहारका लागि परामर्शसमेत दिइने उहाँले जानकारी दिनुभयो । शिविरमा उपचार हुन नसक्ने बालबालिकाहरुलाई अस्पतालसँग समन्वय गरेर सम्पूर्ण उपचार नि:शुल्क गर्ने व्यवस्था पनि मिलाइने डा. बस्नेतको भनाइ छ । बाल स्वास्थ्य विशेष कार्यक्रमअन्तर्गत यसअघि वडा नम्बर १२, १४, १७, १८ र १९ वटामा विभिन्न कार्यक्रम सञ्चालन भइसकेका छन् ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल