Birat Post सोमबार, माघ ०८, २०८० मा प्रकाशित

featured photo: Birat Post

अयोध्या ,८ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार अपराह्न भारतको अयोध्यास्थित राम मन्दिरमा रहेको राममूर्तिको प्राणप्रतिष्ठा गरेका छन्।

सोमबार अपराह्न १२ बजेर २९ मिनेटमा राममूर्तिको प्राणप्रतिष्ठा गरेर प्रधानमन्त्री मोदीले भारतमा नयाँ युगको थालनी गरेका हुन्।

यसका लागि करिब १३ हजार सुरक्षाकर्मीको घेरामा देशविदेशबाट आएका ७ हजार पाहुनाहरु सहभागी छन्।

प्रधानमन्त्री मोदी कार्यक्रम सुरु हुनुभन्दा आधा घन्टाअगाडि राममन्दिर परिसर पुगेका हुन्।

प्राणप्रतिष्ठाअघि प्रधानमन्त्री मोदीले मन्दिरको गर्भगृहमा विशेष पूजा गरेका थिए। पूजामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, गभर्नर आनन्दीबेन पटेललगायतको उपस्थिति थियो।

नेपालका जनकपुरधाम र नेपालगञ्जलगायतका स्थानमा समेत राममन्दिर उद्घाटनका अवसरमा उत्सव मनाउने कार्यक्रम सोमबार बिहानैदेखि चलिरहेको छ।

प्राणप्रतिष्ठाको विशेष कार्यक्रम भारतीय समयअनुसार १२ बजेर २९ मिनेट ६ सेकेन्डमा सुरु भएर १२ बजेर ३० मिनेट ३२ सेकेन्डसम्म चलेको थियो।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल