Birat Post आइतबार, माघ ०७, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,७ माघ ।
मौसम पूर्वानुमान महाशाखाले माघ ५ देखि ११ गतेसम्मका लागि जारी गरेको साप्ताहिक कृषि, मौसम पूर्वानुमानअनुसार यो साताभरि पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ ।

कोशी प्रदेशको हिमाली भूभागमा साताको सुरु र अन्त्यमा एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातका साथै थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । साताको मध्य र अन्त्यमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।कर्णाली प्रदेशको हिमाली भूभागमा साताको मध्य र अन्त्यमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

देशका अधिकांश स्थानको अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना रहेको छ । देशका तराई भूभागमा हल्कादेखि मध्यम साथै एक–दुई स्थानमा बाक्लो हुस्सु लाग्ने तर उक्त हुस्सु मध्याह्न वा अपराह्नसम्ममा क्रमिकरुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले बदली र हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईतिर हुस्सु कुहिरो लागेकाबेला चिसो बढ्ने तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली र हल्का हिमपातको सम्भावना रहेकाले चिसो बढ्ने हुन्छ । मौसमविद् प्रतिभा मानन्धरले यो महिना बढी चिसोको समय भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरे ।

सम्बन्धित

ताजा अपडेट
बहिराहरुको भाषा संरक्षण र नयाँ शब्द संकलनमा प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री पाँचकर्ण राई
बहिरा सम्बन्धी साङ्केतिक भाषाको गोष्ठी विराटनगरमा सुरु, मन्त्री राइले गरे उद्घाटन
हिसान खेलसप्ताह : पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल