Birat Post बिहिबार, माघ ०४, २०८० मा प्रकाशित

featured photo: Birat Post
मोरङ,४ माघ । 
ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न समुदायका  गर्भवती महिलालाई  अस्पतालसम्म सहज पहुँचका लागि विराटनगरस्थित पारस अस्पतालले आजदेखि ‘छोरी बचाउ ,आमा बचाउ’ कार्यक्रम शुरु गरेको छ ।
विराटनगर –११ स्थित  पारस मल्टीस्पिसियालिटी   अस्पतालाले आफ्नो खर्चमा  छोरी बचाउ अभियान अन्तर्गत सञ्चालित  उक्त कार्यक्रममा गर्भवती महिलालाई नि:शुल्क साधारण तथा शल्यक्रिया प्रसुति सेवा उपलव्ध गराउनुका साथै छोरी जन्मिएमा रु एक हजार प्रोत्साहन स्वरुप उपलव्ध गराउने निर्णय गरेको अस्पतालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाएको छ ।
अस्पतालका निर्देशक डा सफिउर रहमानले प्रसुतीको  को समयमा आमाको अकाल मृत्युबाट जोगाउनका लागि अस्पतालले सेवा शुरु गरि शल्यक्रिद्वारा छोरा जन्म भएमा शुल्क लिने  छोरीको जन्ममा निशुल्क व्यवस्था गरेको बताए ।
यसैगरी नवजात छोरीहरुको लागि रु एक हजारमा स्वास्थ्य सुविधा कार्ड मार्फत एक वर्षसम्म अस्पतालमा वहिरङग सेवा नि:शुल्क ,विभिन्न प्रयोगशाला परीक्षणमा २५ प्रतिशत , औषधिमा १० प्रतिशत, गरीव दलित तथा असाहयहरुलाई साधारण शैयामा ५० प्रतिशत  र शल्यक्रिया तथा अस्पताल प्रयोगशालाहरुमा  २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।
अस्पताल ५० शैय्या भएपनि १७ शैय्या  प्रसुति सेवाका लागि छुट्याएको र विशेषज्ञ चिकित्सकहद्वारा सेवा उपलव्ध हुने  प्रसुति रोग विशेषज्ञ डा कविता यादवले बताइन् । अस्पतालले मेडिसिन, स्त्रिरोग, बाल रोग, दाँत र फिजियोथेरापी सेवा उपलव्ध गराउँदै आइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल