Birat Post आइतबार, पुष २९, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ पुस । उद्योग संगठन मोरङले जिल्ला/नगर उद्योग वाणिज्य संघका पदाधिकारीहरु संग आपसी सम्बन्ध विस्तार र द्धिपक्षीय व्यवसायीक विकासको सम्भावना पहिल्याउने उद्देश्यले बि टु वि वैठक सम्पन्न गरेको छ ।

पुस २७ र २८ गते चलेको बि टु वि वैठक तथा भ्रमणमा उद्योग संगठन मोरङ कार्यकारी समिति, महिला उद्यमीहरु र नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टरका अध्यक्ष्ँ एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

आर्थिक एवं औद्योगिक कृयाकलापहरु सुस्ताएको वर्तमान अवस्थामा उद्योग व्यवसाय क्ष्ँेत्रका साझा समस्याहरुको पहिचान गरी समाधानका लागि सामुहिक पहल गर्नका साथै व्यवसायिक अन्तरसम्बन्धको विकासका लागी बि टु बि वैठक आयोजना गरिएको संगठनका अध्यक्ष्ँ राकेश सुरानाले वताए । उद्योग वाणिज्य संघहरुका साथ सम्पन्न अन्तरक्रियामा अध्यक्ष्ँले सुरानाले व्यवसायीक हितका लागि स्थापित संस्थाहरु बीचको सुमधुर सम्वन्धले संस्थागत सुदृढिकरण र व्यवसायीक हितका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्दै आगामी दिनमा समेत यसप्रकारको भ्रमण निरन्तरता दिने वताए ।

सुन्दर हरैचा, ईटहरी, धरान र संखुवासभा उद्योग वाणिज्य संघका प्रधिनिधिहरुका साथ भएको वेग्ला वेग्लै अन्तरक्रियामा व्यवसायीहरुले उद्यारो कारोवारले व्यवसायमा नकारात्मक प्रभाव पारेको भन्दै यो समस्या समाधानाका लागि सामुहिक पहल गर्नुपर्ने धारणा राखेका थिए ।

आर्थिक एवं औद्योगिक क्षेत्रको विकासका लागी निरन्तर बहस तथा पैरवी गर्दै आएको उद्योग संगठन मोरङको पहलमा भएको भ्रमणले द्धिपक्ष्ँीय व्यवसायीक हितका विभिन्न आयाम, एक आपसको क्ष्ँेत्रमा नया सम्भावनाको खोजीका साथै आ–आफना उत्पादनको बजार प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संगठनले विश्वास लिएको छ ।

भ्रमण प्रतिनिधि मण्डलमा संगठनका अध्यक्ष्ँ राकेश सुराना, वरिष्ठ उपाध्यक्ष्ँ नन्दकिशोर राठी, उपाध्यक्ष्ँ भोलेश्वर दुलाल, विपिन कावरा, कोषाध्यक्ष्ँ सुवोध कोईराला, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, राजन खत्री, प्रतिभा रिजाल ओली, जयन्द्र शर्मा, सन्तोष भगत, सिद्धार्थ कावरा, सृजन प्याकुरेल, दिपक अग्रवाल, विरेन्द्र राठी, महिला उद्यमी सोमी भगत चौलागाई, सावित्रा ढकाल, प्रतिभा पौडेल निरौला, युवा उद्यमी मंच विराटनगरका अध्यक्ष्ँ रंजित भगत र रविन कट्टेलको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
भारत र पाकिस्तान द्वन्द्व : नेपालमा समेत प्रभाव,सीमा र विमानस्थलमा निगरानी बढाइने
पूर्वमन्त्री प्रदीप नेपालको निधन
आजको मौसम : बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल