विराटनगर,२७ पुस । राष्ट्र निर्माता श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहको ३०२औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुक्रबार राप्रपा मोरङले विविध कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । जिल्ला अध्यक्ष गोपाल कटवालको अध्यक्षतामा बृहत र्यालीको आयोजना ,बिचार गोष्ठी तथा जलपान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा राप्रपाका केन्द्रीय महामन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय डा. धवल समशेर राणा,केन्द्रीय सहायक प्रवक्ता दिनेश साह , केन्द्रीय सदस्यहरु केदार कोईराला , विश्व मोहन थापा , धर्माचार्य कृष्ण शरण उपाध्याय लगायतको सहभागिता रहेको डा.दुर्गा बहादुर अधिकारीले जानकारी दिए । यस्तै कार्यक्रममा ह्याण्डबलका अन्तर्राष्ट्रिय खेलाडी विकाश खनाल सहित २५ मानिसहरुराप्रपा पार्टीमा प्रवेश गरेको मोरङ जिल्ला प्रवक्ता संजय बिक्रम अधिकारीले जानकारी दिए ।