Birat Post बिहिबार, पुष २६, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,२६ पुस । मोरङको जहदा गाउँपालिका– ५ मझारेमा स्वास्थ्य शिविर गर्दा ६५ जना मोतियाबिन्दु र दुई जना क्यान्सरका बिरामी भेटिएका छन् । बुधबार जीवन विकास लघुवित्तले पाठेघर तथा स्तन क्यान्सर स्क्रिनीङ र आँखा जाँच शिविर आयोजना गरेको थियो । शिविरमा दुई जना पाठेघरको क्यान्सर र ६५ जना मोतियाबिन्दुका बिरामी भेटिएका हुन् ।

विराट मेडिकल कलेज, रामलाल गोल्छा आँखा अस्पताल, जीवन विकास पब्लिक हेल्थ सेन्टरको सहयोग र जहदा गाउँपालिकाको समन्वयमा जीवन विकास लघुवित्त वित्तीय संस्था मझारे शाखाले आयोजना गरेको शिविरको उद्घाटन मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले गरेका थिए । शिविरको उद्घाटन गर्दै उनले रोगबाट बच्नका लागि नियमित स्वास्थ्य जाँच गर्न आग्रह गरे । रोग लागे उपचार गर्न धेरै खर्चिलो हुने बताउँदै उनले नियमित स्वास्थ्य जाँचका लागि सचेत हुनुपर्ने बताए ।

जीवन विकास लघुवित्त मझारे शाखा प्रमुख सन्तोषकुमार साहका अनुसार शिविरमा ४११ जनाको स्वास्थ्य जाँच गरिएको थियो । १६५ जना महिलाको पाठेघर जाँच गर्दा दुई जनामा क्यान्सर र २४७ जनाको आँखा जाँच गर्दा ६५ जनामा मोतियाबिन्दुको समस्या देखिएको उनले बताए । मोतियाबिन्दु देखिएका ६५ जनालाई निशुल्क उपचारका लागि रामलाल गोल्छा आँखा अस्पताल पठाइएको छ ।

जीवन विकास लघुवित्तको कर्सीया शाखाले बालबिबाह न्युनिकरण र ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम आयोजना गरेको छ । धनपालथान गाउँपालिका– ५ मा रहेको ऋषिदेव बस्तीमा बालविाह न्यूनिकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको हो । सो क्रममा वाल विवाह गर्दा परिवारमा पर्ने असर र विवाहका बारेमा नेपालको कानुनी प्रावधानका बारेमा जानकारी गराइएको थियो ।

त्यस्तै धनपालनाथ गाउँपालिका– ६ दादरबेरियामा रहेको सरस्वती माध्यमिक विद्यालयमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम गरेको छ ।धनपालथान गाउपालिका अध्यक्ष जिवछप्रसाद गच्छदार, ट्राफिक प्रहरी र स्थानीय नागरिक अगुवाको उपस्थीतिमा विद्यार्थीमाझ ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम आयोजना गरेको हो । वित्तिय, सामाजिक र डिजिटल सेवा प्रदान गरिरहेको लघुवित्तले सामाजिक सेवा अन्तरगत बाल विवाह र ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको लघुवित्तको कर्सीया शाखा प्रबन्धक गायत्री पोखरेलले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल