Birat Post मंगलबार, पुष २४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२४ पुस । राष्ट्रियसभा सदस्यको निर्वाचनमा होमिएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार नेपाली कांग्रेस कोशी प्रदेश कार्यालयमा पत्रकार सम्वन्ध विभिन्न संगठनका पत्रकारहरुसंग बोल्दै सिटौलाले यस्तो वताएका हुन् । उनले गठबन्धन दलबीच भएको समझदारीअनुसार एक अर्का दलका उम्मेदवारलाई निर्वाचनमा सहयोग र समर्थन गरि अगाडि बढ्ने हुदा त्यसमा सवै पक्षको सहयोगको आवश्यकता रहने बताए ।

यस्तै भेटघाट कार्यक्रममा बोल्दै नेता सिटौलाले भने, “हामिले जनतालाई जे दिन्छौ भनेर गणतन्त्र ल्याएका थियौ त्यो दिन सकिरहेका छैनौ र संविधानको वास्तविक कार्यान्वय हुन सकिरहेको पनि छैन। यसमा राजनैतिक खिचातानीका विविध पक्षले काम गरेको छ , त्यसको अन्त्य गर्न आवश्यक छ ।”

दलहरुबीच गठबन्धन गरेर अगाडि बढेको कारण पनि जनतालाई बुझाउदै संघीयता कार्यान्वयन पक्षमा देखिएका विद्यमान जटिलता अन्त्य गर्नका लागि अब हुने राष्ट्रियसभाको निर्वाचन महत्वपूर्ण रहने बताए । उनले भने, “अव राष्ट्रियसभा आउनेहरुको ठूलो भूमिका रहन्छ ।, ” उनले तीनतहका सरकारलाई जनमैत्री बनाउन, विद्यमान राजनैतिक अस्थिरता अन्त्य गर्न र कानून कार्यान्वयनका क्षेत्रमा लक्षित उदेश्य प्राप्तीमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

यसैगरी माओवादी केन्द्र कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेकी चम्पादेवी कार्कीले गठबन्धन दलहरुवीच एकता आवश्यक रहेको औल्याइन् । उनले गठबन्धन दलहरुवीच भएको सहमतिलाई सवैले पालना गर्न आग्रह गरिन् ।

 

सम्बन्धित

ताजा अपडेट
भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चार जना नेपालीको मृत्यु
तीन प्रदेशमा आंशिक बदली, हिमाली भागमा हल्का हिमपातको सम्भावना
बहिराहरुको भाषा संरक्षण र नयाँ शब्द संकलनमा प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री पाँचकर्ण राई

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल