Birat Post आइतबार, पुष २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ पुस । विराटनगर महानगरपालिकाको आयोजनामा आइतबारदेखि सहकारी व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ ।
तालिमको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । विराटनगर क्षेत्रमा सञ्चालित सहकारीका व्यवस्थापक सहभागी तालिममा बचत परिचालन, ऋण परिचालन, कोषको व्यवस्थापनलगायतका विषयमा जानकारी दिइनेछ । दुई चरणमा चार दिनसम्म सञ्चालन हुने तालिममा एक सयजनाको सहभागिता रहेको छ । कार्यक्रममा मेयर कोइरालाले सहकारीका नीति र सिद्धान्तविपरीत सञ्चालन हुँदा सहकारीहरुमा समस्या आएको बताए । उनले महानगरको टोलीले अनुगमन गर्दा धेरै सहकारीहरुको कार्यालय नभेटिएको समेत सुनाए ।

कृषि सरकारी, बहुद्देश्यीय सहकारी, उपभोक्ता सहकारी भनेर दर्ता गरे पनि सबैजसो सहकारीले बचत र ऋणकै काम गरिरहेको उनको भनाइ थियो । “यसको मतलब सहकारीहरुले जुन उद्देश्यका लागि भनेर दर्ता भएका थिए त्यसअनुसार काम गरेका छैनन्,” कोइरालाले भने, “सहकारी विभागले ऋण लगानीमा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको छ । तर महानगरले अनुगमन गर्दा धेरै सहकारीले २० प्रतिशतसम्म ऋण लगानीमा ब्याज लिएको पाइएको छ ।”
सहकारी गरिबी निवारणसँग सम्बन्धित हुनुपर्नेमा त्यसो नभएको उनको गुनासो थियो । हुनेखानेले सहकारी खोलेर घरजग्गामा लगानी गर्ने अनि गरिबका पैसा डुब्ने गरेको उनको भनाइ थियो । “हुने खानेले सहकारी खोले, घर–गाडी र जग्गा किने, सर्वसाधारणको पैसाको टुंगो छैन,” उनले भने, “पैसा हुनेहरुले पहुँच देखाउन खोलेका सहकारीले सामान्य नागरिकको पैसा डुबाएर बर्वाद पारेका गुनासाहरु दैनिक जस्तो महानगरपालिकामा आउने गरेका छन् ।”
कोइरालाले ज्येष्ठ नागरिक, सेवा निवृत कर्मचारी र सर्वसाधारणको पैसा सहकारीले डुबाएको आरोपसमेत लगाए ।

उपमेयर शिल्ला निराला कार्कीले दक्षिणी क्षेत्रका धेरै नागरिकलाई नियतबस फसाएर सञ्चालकहरुले सम्पर्कविहीन भइरहेको बताइन् । नियमनका क्रममा सहकारीको हिसाब प्रणाली व्यवस्थित नदेखिएको र ५० प्रतिशत सहकारीले मात्रै बहिखाता व्यवस्थित गरेको उपमेयर कार्कीको भनाइ थियो । उनले हाल न्यायिक समितिमा समेत सहकारी पीडितको हप्तामा दुईवटासम्म उजुरी परिरहेको जानकारी दिइन् ।

महानगरको आर्थिक समितिका संयोजक एवं विराटनगर–१९ का वडाअध्यक्ष श्याम घिमिरेले भित्रभित्रै गैरकानुनी ढंगबाट सहकारीमा सर्वसाधारणले बचत गरेको पैसा लगानी गरेर संस्थापक सदस्यहरुले बेइमानी गर्ने गरेको बताए । उनले गत वर्ष लेखा प्रणालीका विषयमा तालिम दिइएको र यो वर्ष व्यवस्थापनसँग सम्बन्धित तालिम दिइएकाले अब कुनै पनि त्रुटि हुन नहुने दाबी गरे ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल