Birat Post शुक्रबार, पुष २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० पुस ।
राज्यले अर्थतन्त्र सुधारको उदेश्य राखेको हो भने लगानीका लागि उचित वातावरणको विकास गर्नुपर्नेमा विराटनगरका उद्योगी तथा व्यवसायीहरुले जोड दिएका छन् । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली संग शुक्रबार विराटनगरमा गरिएको कर सम्वन्धी अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरुले उद्योगी,व्यवसायी माथी मात्र गिद्धेदृष्टि राज्यले राख्नु नहुने र उचित वातावरणको व्यवस्थापन मिलाउन आग्रह गरे ।

कार्यक्रममा बोल्दै मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले राज्यले बनाएको पोलिसीमा कमजोरी भएको र त्यसलाई सच्याएर अगाडि बढ्न आवश्यक रहेको औल्याए । उद्योगीका समस्या समाधानका लागि किन यति कठिनाई राज्यलाई परिरहेको छ मैले बुझिरहेको छैन रिजालले भने , “उद्योग,धन्दाको वातावरण बन्नेवित्तिकै फाईदा राज्यलाईनै हो ।”

यस्तै नेपाल उद्योग परिसंघ केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले महिला तथा युवा पुस्तालाई उद्योग व्यवसायमा जोड्ने र उनीहरुलाई सहुलियतरुपमा व्यवसाय सञ्चालनमा सघाउ पुर्‍ याउने व्यवस्था राज्यले गर्नुपर्ने वताए । यस्तै परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले विभिन्न बहानामा उद्योगी,व्यवसायी संग राज्यले आशंका गर्ने गरेको भन्दै दु:ख व्यक्त गरे । उनले भने, “राज्यले त्यो सिस्टम बनाओस् हामीले राज्यलाई तिर्नुपर्ने कर खुसी-खुसी तिर्छौ ।”

यस्तै उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले मोरङ व्यापार संघ,उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ कोशी प्रदेश,उद्योग संगठन मोरङले सम्युक्तरुपमा बनाएको उद्योगीका समस्या लगायतको कार्यपत्र पढेर महानिर्देशक मैनालीलाई सुनाउनका साथै हस्तान्तरण गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल