Birat Post सोमबार, पुष १६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१६ पुस / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खेलकुदका माध्यमबाट आर्थिक र आराणविक रुपमा जतिसुकै शक्तिशाली मुलुकलाई पनि परास्त गर्न सकिने बताएका छन् । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले आयोजना गरेको प्रथम अन्तर विभाग स्ववियू कप–२०८० को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले आर्थिक र आणविक हतियारले शक्तिशाली मुलुकलाई पनि कमजोर मुलुकले खेलका माध्यमबाट पराजित गरेका थुप्रै उदाहरण भएको बताए ।

खेलकुदले विश्वका जुनसुकै कुनामा बसोबास गर्ने मानिसलाई भावनात्मक रुपमा जोड्नसमेत सकिने उनको भनाइ थियो । खेलकुदले मानिसलाई शारीरिक र मानसिक स्वास्थ्य मात्रै नभएर अनुशासितसमेत बनाउने मेयर कोइरालाले बताए । महेन्द्र मोरङ क्याम्पस विराटनगरको ऐतिहासिक क्याम्पस भएको बताउँदै मेयर कोइरालाले यस कलेजमा अध्ययन गरेका थुप्रै विद्यार्थीहरु राजनैतिक, प्रशासनिक, उद्योग, व्यापारलगायतका क्षेत्रमा उचाइ प्राप्त गरेको सुनाए । उनले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा समेत लाग्न विद्यार्थीहरुलाई आग्रह गरे ।

स्ववियू सभापति जसमन्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, नेपाली कांग्रेसका नगरसभापति दीपक चापागाईं, नेकपा एमालेका नगर सचिव रोहित कोइरालालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रथम अन्तर विभाग स्ववियू कपअन्तर्गत फुटबल, भलिबल, क्रिकेट, कबड्डी, डोरीतानलगायतका विभिन्न खेलमा विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल