विराटनगर,१६ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले वी.पी.कोईरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताएका छन् । नेपाली कांग्रेस मोरङद्धारा सोमबार विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा बोल्दै केन्द्रीय सदस्य पराजुलीले वर्तमान अवस्थामा पनि वी.पीको मेलमिलाप नीति अत्यन्तै सान्दर्भिक रहेको वताए ।
पराजुलीले भने ,”बीपीले देखाएको बाटोमा कांग्रेस हिड्न नसकिरहेको वा अल्मलिरहको आभाष सवैको गरेको भन्ने छ , यसमा कार्यकर्ता देखि केन्द्रकै नेतासम्म गुनासो र चिन्ता व्यक्त भएको पनि छ । यसलाई सुधार गर्दै अगाडि वढ्नुको विकल्प छैन ।” उनले कांग्रेसभित्रै पनि गुटगत अभ्यास चरम सीमामा पुगेको भन्दै यसलाई रोक्न जरुरी रहेको बताए । उनले भने ,”हामी आफैभित्र पनि मेलमिलापको खाचो छ , यसका लागि सवै कार्यकर्ता तथा पार्टीका मानिसहरुले नेतृत्ववर्गलाई घचघचाउ ।”
कांग्रेस जिल्लाले गरेको कार्यक्रमको प्रमुख अतिथि बनेका केन्द्रीय सदस्य पराजुलीले संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले धर्मका नाममा विखण्डन ल्याउने भाषा प्रयोग गरेको , काठमान्डौंमा दुइजना युवा माथी दिनदहाडै भएको गोलीकाण्डमा मन्त्रीको सम्लग्नता देखिन पुग्नु ,राज्यमा शान्ति अमनचयनको आभाष हुन नसक्नुले वर्तमान सरकारका मन्त्रीहरुमा कतै न कतै कमजोरी रहेको उल्लेख गरे । यस्ता कुराहरुको अपजस कांग्रेसले खोप्नु परेको भन्दै चिन्ता व्यक्त गरे । उनले सनातन हिन्दु राष्ट्रको एजेण्डा कांग्रेसले वोक्नुपर्ने एजेण्डा आफुले उठाउदै आएको र यस विषयमा आफु निरन्तर लागिरहने वताए ।
यस्तै नेपाली कांग्रेसका युवा नेता तथा संघीय सांसद सुनिल शर्माले वर्तमान सरकार हरेक कुरामा असफल भएको आरोप लगाए । उनले प्रचण्ड नेतृत्वको सरकारमा पिछलङ्गु भएर कांग्रेस हिड्न नहुने वताए । उनले सरकारको नेतृत्व गरेको माओवादी र उसको गृहमन्त्रीको कमजोरीका कारण काठमान्डौंमा निहत्था दुइ युवाको ज्यान गएको आरोप लगाए । उनले भने ,”अव परिवर्तनका पक्षमा उभिन तयार हौ र माओवादी नेतृव्वको सरकारको विकल्पमा उभिएर जनअपेक्षा अनुरुपका काम गर्नुपर्ने वताए । वीपीको मेलमिलाप समयसापेक्ष सान्दर्भिक रहेको र यसलाई सहिठाउँमा प्रयोग गर्नुपर्ने वताए ।”
नेपाली कांग्रेस मोरङका कार्यवाहक अध्यक्ष भक्तिनाथ माझीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका अग्रज नेताहरु बसन्त भट्टराई ,गोपालमान सिंह राजभण्डारी, संविधान सभा सदस्य कविता सरदार ,कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता , नेपाली कांग्रेस मोरङका उपाध्यक्ष तथा विराटनगर महानगरका मेयर नागेश कोइराला ,कांग्रेस नेताहरु शिवनारायण सिंह गनगाई,सन्जय भट्टराई, तुलसी विस्वास,मदन संग्रौला, मोदराज घिमिरे ,ललित श्रेष्ठ ,निर्मला सुवेदी, दिननाथ आचार्य ,शान्ता रिजाल लगायतको उपस्थिती रहेको थियो ।