Birat Post आइतबार, पुष १५, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१५ पुस ।
कोशी आइल्याव समुहले आफुले गरेको काम र त्यसको प्रगती विवरण पेस गरेको छ ।काठमाण्डौ विश्वविद्यालय र स्वीजरल्याण्डको इटी एच जुरिच विश्वविद्यालयको सहकार्यमा सन्चालन भइ रहेको शिक्षा प्राणाली सुधार कार्यक्रमको प्रगति विवरण प्रस्तुतीकरण कार्यक्रममा उक्त विवरण प्रस्तुत गरेको हो । आइल्यावमा आफ्नो अवधारणा प्रस्तुतीकरणका लागि ललितपुरमा भएको कार्यक्रममा देशभरवाट छनौट भएको ७ समूह पुगेका थिए ।

कोशी प्रदेशको प्रतीनिधित्व गर्ने कोशी आइल्याव समूहले यहि पुस १३ र १४ गते भएको कार्यक्रममा आफुले गरेका कामको भिडियो रिपोर्ट पेश गरेको थियो । स्मरणीय छ, कक्षा कोठा सुधारका अवधारणा कार्यान्वयनमा अध्यापन हुने शिक्षालयहरुले आफ्नो कक्षाकोठाको प्रारुप परिवर्तन गरि प्रोजेक्टवेश, समुहगत शिकाइका लागि सहज हुने फ्लेक्जिवल फर्निचर राखी कक्षाकोठा बनाउनु पर्ने प्रविधिमैत्री कक्षाकोठा साथै दक्ष सिपयुक्त जनशक्तिलाई प्रयोगात्मक कक्षाकोठामा सहायक प्रशिक्षकको रुपमा राखी शिकाइ अभिवृद्धी गर्नुपर्ने अवधारणा अगाडी बढाएको समुहका सदस्य तथा आदर्श माध्यमिक बिधालय विराटनगर का प्रशिक्षक अजित चापागाईं ले बताए ।

कोशी आइल्याव समूहका सदस्यहरुमा बिना सुब्बा, नारद राई, डा शिव प्रसाद दाहाल, लवकुमार यादव, गोपालप्रसाद दाहाल, लक्ष्मी न्यौपाने, प्रतिक्षा गजुरेल र अजित चापागाईँ रहेका छ्न । कोशी आइल्याव समुहले आफुले गरेका कामहरुको भिडियो रेपोर्ट प्रस्तुत गरि उपलव्धीमुलक काम गरेकोमा प्रशंसा समेत बटुलेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल