Birat Post आइतबार, पुष १५, २०८० मा प्रकाशित

featured photo: Birat Post

चितवन ,१५ पुस । नेपालमा अण्डा र कुखुराको मासुको खपत कम हुने गरेको छ । विकसित देशको तुलनामा नेपालमा कुखुराको अण्डा र मासु खपत कम हुने गरेको नेपाल कुखुरा व्यवसायी मञ्चले जनाएको छ ।

मञ्चका अनुसार विकसित मुलुकमा वार्षिक चार सय ३३ सम्म अण्डा खपत हुँदा नेपालमा ६१ मात्रै खपत हुने गरेको छ । चीनमा चार सय ३३, जापानमा तीन सय ९७, अमेरिकामा तीन सय २२ अण्डा वार्षिक प्रतिव्यक्ति खपत हुने गरेको छ ।

यस्तै, क्यानडामा तीन सय दुई, बङ्गलादेशमा ८०, भारतमा ७९ र पाकिस्तामा ७२ प्रतिव्यक्ति अण्डा खपत हुने गरेको मञ्चले जनाएको छ ।

मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार कुखुराको मासुको खपतमा समेत नेपाल निकै तल रहेको छ । विकसित मुलुकमा वार्षिक प्रतिव्यक्ति मासु ७४ दशमलव सात किलोसम्म खपत हुँदा नेपालमा सात दशमलव ५७ प्रतिशत मात्र खपत हुने गरेको छ । सेन्टभिन्सेन्ट ग्रेनडाइन्समा ७४ दशमलव सात किलो खपत हुने गरेको छ । यस्तै इजरायलमा ६८ दशमलव नौ किलो, सामोआमा ६५ दशमलव सात किलो, ट्रिनिडाड टोवागोमा ६३ दशमलव एक किलो, एण्टीगुवा वारबुडामा ६१ दशमलव आठ किलो, अमेरिकामा ५८ दशमलव सात किलो प्रतिव्यक्ति प्रतिवर्ष कुखुराको मासु खपत हुने गरेको उनले जानकारी दिए ।

यस्तै सेन्ट लुसियामा ५७ दशमलव छ किलो र हङ्कङमा ५५ दशमलव पाँच किलो वार्षिकरुपमा प्रतिव्यक्ति मासु खपत हुने गरेको छ ।

कुखुराको अण्डा र मासुमा मानव शरीरलाई आवश्यकपर्ने पौष्टिक तत्व पर्याप्तमात्रामा पाइने भए पनि नेपालमा खपत कम हुने गरेको छ । नेपालमा दैनिक अण्डा अत्पादनको क्षमता ६० लाख वटा भए पनि हाल ३० देखि ३२ लाख मात्र उत्पादन हुँदै आएको छ । मासु उत्पादनको क्षमता दैनिक १० लाख किलो भए पनि हाल छ लाख किलोमात्रै उत्पादन हुँदै आएको भट्टले जानकारी दिए ।

उनका अनुसार देशको कूल गार्हस्थ उत्पादनको तीन दशमलव पाँच प्रतिशत हिस्सा ओगटेको यस क्षेत्रमा रु एक खर्ब ६० अर्ब लगानी भएको अनुमान गरिएको छ । यसमा चार लाख ५० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाइरहेको मञ्चले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल