Birat Post शुक्रबार, पुष १३, २०८० मा प्रकाशित

featured photo: Birat Post

भद्रपुर, १३ पुस । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले वीरेन्द्र मावि चन्द्रगढीका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

प्रतिष्ठानले बिहिबार कक्षा–१ देखि ८ सम्मका ५० जना विद्यार्थीलाई स्वीटर, मोजा र जुत्ता वितरण गरेको हो । जाडोको मौसममा न्यानो कपडा पाएपछि विद्यार्थीहरु खुसी भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, विशेष अतिथि उपप्रमुख राधा कार्की, वडा नं। ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, ओली वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष उमेशचन्द्र ओली, जिल्ला अध्यक्ष भवानी ओली लगायतका अतिथि विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक खिलराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक गिरीधर शर्मा कट्टेलले गर्नुभएको थियो भने सञ्चालन शिक्षक गणेशबहादुर गिरीले गर्नुभएको थियो । प्रअ कोइरालाले विद्यार्थीलाई प्रतिष्ठानले न्यानो कपडा वितरण गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले सामाजिक कार्य अन्तरगत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको बताउनुभयो । उहाँले हरेक व्यक्तिले समाज रुपान्तरणका लागि आफूले सकेको सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रतिष्ठानकी संस्थापक सदस्य शारदादेवी ओली, ओली वंश प्रतिष्ठानका सचिव राजेन्द्र ओली, कोषाध्यक्ष यादवकुमार ओली, प्रतिष्ठानका कोषाध्यक्ष यज्ञराज ओली, सदस्य अनिरुद्र ओली, जुडो प्रशिक्षक गंगा खड्का लगायतको उपस्थिति रहेको थियो ।

यसअघि प्रतिष्ठानले झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिका तीन वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री एवम् न्यानो कपडा वितरण गरिसकेको प्रतिष्ठानका कोषाध्यक्ष यज्ञराज ओलीले जानकारी दिनुभयो ।

शिक्षा र सामाजिक क्षेत्रमा धेरै योगदान दिनुभएका रुद्र ओलीको पदचापलाई पछ्याउँँदै सामाजिक कार्य गर्ने उद्देश्यले २०६७ सालमा स्थापना गरिएको प्रतिष्ठानमार्फत् एक करोड रुपैयाँको कोष खडा गरेर वार्षिक रुपमा सामाजिक काम गरिँदै आएको प्रतिष्ठानका सचिव नारायण ओलीले बताउनुभयो ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल