Birat Post बुधबार, पुष ११, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,११ पुष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आफ्नो विवादास्पद अभिव्यक्तिका कारण आलोचित बनेका छन् । उनको राजीनामा माग्दै बुधबार विराटनगरमा विरोध प्रदर्शन भएको छ भने उनको पुत्लासमेत जलाइएको छ । किराँतीको विरोधमा हुने आन्दोलन रोकिएका छैनन् । विराटनगरमा विभिन्न हिन्दु तथा राजावादीहरुले आन्दोलनलाई जारी राखेका छन् । देशका विभिन्न स्थानमा समेत किरांतीको विरोध भइरहेको छ ।

गएको बुधबार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिको विरोध भएको हो । मन्त्री किराँतीले क्रिश्चियन धर्मलाई स्वीकार नगर्ने सबै संविधान विरोधी भएको र संविधान नमान्नेहरु देशद्रोही भएको आरोप लगाएका थिए । उनले क्रिश्चियन धर्म नस्वीकार्नेहरुलाई जेलमा राख्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

उक्त कार्यक्रममै उनले क्रिश्चियन धर्मका प्रबर्तक जिसस क्राइस्ट विद्रोहबाट आएकोले आफूलाई र प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि मन पर्ने बताएका थिए । उनले दाहाललाई क्राइस्ट जस्तै विद्रोही भएको भन्दै तुलना गर्नसमेत भ्याएका थिए । गड्गडाहट तालीका बिचमा उनले उत्तेजक अभिव्यक्ति दिएका थिए ।जसको विरोधमा विराटनगरमा विरोधका कार्यक्रम भइरहेका छन् । उक्त कार्यक्रममा दामोदर खराल,कुमार ढकाल,प्रदिप सुवेदी ,शिव भट्टराई र जगत दाहाल,अमृता धिताल लगायतका हिन्दुवादी अगुवाहरुको सहभागिता रहेको थियो । सयौको संख्यामा निस्केका प्रदर्शनकारीले तीनपैनी चोकमा पुगेर मन्त्री किराँतीकोे पुत्लादहन गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चार जना नेपालीको मृत्यु
तीन प्रदेशमा आंशिक बदली, हिमाली भागमा हल्का हिमपातको सम्भावना
बहिराहरुको भाषा संरक्षण र नयाँ शब्द संकलनमा प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री पाँचकर्ण राई

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल