Birat Post बुधबार, पुष ११, २०८० मा प्रकाशित

featured photo: Birat Post

दुहबी, ११ पुष ।

दुहबी नगरपालीकामा सन्चालीत १३ वटा स्वास्थ्य संस्था बिच गरिएको आन्तरिक कार्यगत क्षमताको सर्वेक्षणमा दुहबी १ मा रहेको दुहबी हेल्थ पोष्ट उत्कृष्ट घोषित भएको छ। बिभिन्न सुचकको प्रतिबेदनको आधारमा दिएको अंकमा १३ वटा स्वास्थ्य संस्था भन्दा बढि अंक ल्याएर उत्कृष्ट भएको थियो ।
दुहबी हेल्थ पोष्टले ७४ . ३ अंक ल्याएको थियो भने दोश्रो हुने सोनापुर हेल्थ पोस्टले ७३ . ८ अंक ल्याएको थ्यो । तेश्रो हुने पूर्वकुसाहा हेल्थ पोस्टले ७१ .५ अंक ल्याउन सफल भएको थियो । प्रथम , दोस्रो र तेस्रो भएकाहरुलाई नगर प्र्मुख बेद गच्छादारले सम्मान गरेका छन् । पोषण तथा बर्थिङ्ग सेन्टर सुधारको क्षेत्रमा दुहबी नगरपालिका देश भरकै उत्कृष्ट रहेको छ।

यस्तै पोषणमा पनि दुहबी नगरपालीकाले ३५ लाख खर्च गरेको छ भने गर्भवती महिलालाई घर देखि बर्थिङ्ग सेन्टर सम्म यातायातको सुबिधा उपलब्ध गर्ने लक्ष्य लिएको छ। कार्यक्रम लाइ सम्बोधन गर्दै नगर प्रमुख गच्छादारले राष्टिरय सूचक भन्दा दुहबी नगरपालीकाले तयार गरेको सूचक उत्कृष्ट भएकोमा स्वास्थ्य संस्थाका कर्मचारीहरुलाइ बधाइ दिएका थिए। प्रतिस्पर्धामा एक जना उत्कृष्ट हुने हुदा बाकी स्वास्थ्य सस्थाका कर्मचारीहरुले हिम्मत नहारी आगामी दिनमा अझै उत्कृष्ट हुने कोशिस सहित जिम्मेवारीका साथ काम गर्न सुझाव दिएका थिए ।

पुरस्कार मात्रै होइन, दण्डको पनि ब्यावस्था राख्ने अवधारणा रहेको बताउदै उनले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा थप सुधारको आवश्यक रहेको बताए । उपप्रमुख मेनुका खतीवडाले अस्पताल जादा त्यहाँका कर्मचारीले गर्ने बोलि ब्यवहारले बिरामी आधा सन्चो हुने हुदा यसलाई कर्मचारीहरुले लागू गर्नु पर्ने बताइन। प्रमुख प्रशासकिय अधिकृत राजकुमार केसीले जनता संग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य लगायतका क्षेत्रमा जिम्मेर बनेर काम गर्न कर्मचारीहरुलाइ आग्रह गरेका थिए। उनले सार्वजनिक संस्थामा सरसफाइको महत्व हुनेहुदा सेवाग्राहीको गुनासो न आओस भन्ने सुझाव दिएका थिए।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल