Birat Post आइतबार, पुष ०८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,८ पुष । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गेयर चेन्ज गरेर वर्तमान सरकार अझ एकस्टेप अगाडि बढेर काम गर्न आतुर रहेको बताएकी छन् । प्रेस सेन्टर नेपाल मोरङद्धारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले गठबन्धन दलहरुकै सहमतिमा जनताले अनुभुती गर्नेखालका काम गर्ने लक्ष्यका साथ सरकार अगाडि बढ्ने बताइन् ।

उनले भनिन् ,” प्रचण्ड नेतृत्वको वर्तमान सरकारले १ वर्षमा गरेका काम र उपलव्धीको समिक्षा गर्दै अझ सशक्त ढंगले अगाडि बढ्ने छौ ।”  वर्तमान सरकारले संविधानको रक्षा गरेको ,हाइप्रोफाइल कल्चरको अन्त्य गरेको ,भुटानी शरणार्थी,सुनकाण्ड,ललिता निवास लगायतमा जोडिएका ठूला मानिसहरु समेत कानुनी कठघरामा आउनुपरेको भन्दै सरकारले गरेका काम प्रशंसायोग्य भएको दावी गरिन् ।

यस्तै सुचना तथा सञ्चारक्षेत्रमा पनि समयक्रम अनुरुप उल्लेख्य विकास भएको बताइन् । मध्यपहाडी राजमार्गअन्तर्गत कोसी खण्डअन्तर्गत धनकुटाको हिले एक्सचेन्ज सेन्टरमा सूचना महामार्ग अप्टिकल फाइबर नेटवर्क उद्घाटन गरिएको , डिजिटल च्याम्पियन कार्यक्रम अगाडि ल्याइएको ,आइटी मेला लगाउने काम भइरहेको र सामाजिक सन्जालको नियमनका लागि काम थालनी भइसकेको बताइन् । सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको र यसका लागि अधितम नयाँ प्रविधिमा जोड दिइएको जानकारी दिइन् ।

सम्बन्धित

ताजा अपडेट
भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चार जना नेपालीको मृत्यु
तीन प्रदेशमा आंशिक बदली, हिमाली भागमा हल्का हिमपातको सम्भावना
बहिराहरुको भाषा संरक्षण र नयाँ शब्द संकलनमा प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री पाँचकर्ण राई

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल