Birat Post शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,६ पुष । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आफ्ना पूर्व अध्यक्ष सहित विभिन्न ४ जना ब्यक्तिहरुलाई सम्मान गरेको छ । फाउण्डेशन कोशी प्रदेशले शुक्रबार विराटनगरका एक कार्यक्रमको आयोजना गर्दै “गिरिजाप्रसाद कोइराला विशेष सम्मान” बाट फाउण्डेशन कोशी प्रदेशका पूर्व अध्यक्ष शैलेन्द्र शिवाकोटी र फाउण्डेशन मोरङका संस्थापक पूर्व अध्यक्ष कौशल निरौलालाई सम्मान गरेको हो । शिवाकोटी अर्थशास्त्री हुन् भने निरौला पत्रकारिता क्षेत्रमा आवद्ध छन् ।

यस्तै “क्रान्ति पुरुष गिरिजाप्रसाद कोइराला “नामक पुस्तकका लेखक मेदनीप्रसाद सेढाइ, र विराटनगर स्थित पारस हस्पिटलका अध्यक्ष शफिउर रहमानलाई समेत फाउण्डेशनले सम्मान गरेको छ । सेढाइद्वारा लिखित क्रान्ति पुरुष गिरिजाप्रसाद कोइराला नामक पुस्तक शुक्रबार विमोचन समेत गरिएको छ । विराटनगर महानगरका मेयर नागेश कोइरालाले पुस्तक विमोचन गर्नका साथै सम्मानित व्यक्तिहरुलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर शुभकामना प्रदान गरेका थिए ।

यस्तै कार्यक्रममा बोल्दै कोइरालाले फाउण्डेशनको स्थापना कालमा संस्थापकहरुले दिएको योगदानलाई स्मरण गर्दै गरिएको सम्मान आफैमा प्रशंसनीय रहेको बताए । उनले आगामी दिनहरुमा बर्तमान कार्यसमितिले अझ उदाहरणीय कार्य गर्न सक्ने भन्दै त्यतातर्फ अगाडि बढ्न पनि सुझाए । उनले क्रान्ति पुरुष गिरिजाप्रसाद कोइराला नामक पुस्तक आगामी पुस्ताका लागि गहकिलो दस्तावेज ठहरिने विश्वास व्यक्त गरे । पुस्तकका विषयमा प्रा.डा टुनराज भट्टराई ,कोशी प्रदेशका पूर्व कानूनमन्त्री लिलाबल्लभ अधिकारीले पुस्तकमाथी टिप्पणी गरेका थिए ।

फाउण्डेशन कोशी प्रदेशका अध्यक्ष राजेश गुप्ताको अधयक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मोरङका सचिव द्वय मोदराज घिमिरे,ललित श्रेष्ठ, नेपाली कांग्रेस मोरङका पूर्व सचिव यदु विष्ट,रतुवामाई नगरपालिकाका पूर्व मेयर रविन राई ,वरिष्ठ पत्रकार शंकर खरेल,प्रा.डा.जीवन ढकाल,प्रा.डा.कृष्ण पोखरले ,धनपालथान गाँउपालिका मोरङ अध्यक्ष जिवछ कुमार गच्छदार , जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साह,जसपा कोशी प्रदेश सचिव अनिलकुमार ठाकुर,नेपाली कांग्रेस युवा नेता अरुण न्यौपाने,फाउण्डेशन मोरङ अध्यक्ष बेदमणी घिमिरे,विराटनगर महानगर अध्यक्ष प्रविण जोशी ,शैलजा आचार्य स्मृर्ति पोलिटेक्निक अध्यक्ष मीता आचार्य लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चार जना नेपालीको मृत्यु
तीन प्रदेशमा आंशिक बदली, हिमाली भागमा हल्का हिमपातको सम्भावना
बहिराहरुको भाषा संरक्षण र नयाँ शब्द संकलनमा प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री पाँचकर्ण राई

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल