Birat Post बिहिबार, पुष ०५, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,५ पुष । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले, एउटा अस्पतालमा गरेको  बीमाले देशका जुनसुकै अस्पतालमा लागू हुने व्यवस्था मिलाउन लागेको जानकारी दिएका छन् ।

बिहीबार राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यान्वयन द्रुत परिणाम हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले एउटा अस्पतालमा गरेको  बीमा देशका जुनसुकै अस्पतालमा प्रयोग गर्न पाउने व्यवस्थाको प्रक्रिया अगाडि बढाउन टेक्नोलोजी विकास भइरहेको बताए । उनले भने,‘जुन ठाउँमा बिमा गरेपनि जुन अस्पतालमा गरेपनि उसले पटकपटक प्रयोग गर्दा देशका जुनसुकै अस्पतालमा गएर पनि त्यो बीमा प्रयोग गर्ने अधिकार उसले पाउनेगरी त्यो टेक्नोलोजीहरूको विकास गराउनुहोस् भनेको छु मैले, काम गरिरहनुभएको छ ।’

उनले जति चाँडो राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिलाई कार्यान्वयन गर्न सक्यो त्यत्तिनै चाँडो मुलुकले लाभ लिन सक्ने तर्क गरे । उनले भने,‘यत्रो १६ वर्षु कुर्न प-यो त्यसपछि तपाईहरुले जाँगर लगाउन थाल्नुभयो यसलाई कार्यान्वयनको पक्षमा लानलाई यो जति चाँडो कार्यान्वयन भयो त्यत्ति मुलुकले लाभ लिन सक्छ,  जनताको आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन पनि सकिने छ ।’

मन्त्री बस्नेतले अहिले मन्त्रालयमा बिरामीहरूका भिड लाग्ने गरेको भन्दै मन्त्रालय अस्पताल जस्तो भएको बताए ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल