Birat Post बुधबार, पुष ०४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,४ पुष । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष एवम् विराटनगरका उद्योगी राजेन्द्र राउतले अस्पताल संचालन गर्ने भएका छन् ।मोरङको बुढीगंगा गाउँपालिका १ मा निर्माण हुने २०० शय्याको मल्टीस्पेसियालिटी अस्पतालको बुधबार शिलान्यास गरिएको छ । १८ कट्ठा जमिनमा २५० करोडको लागतमा आर.आर. इन्टरनेसनल हस्पिटल निर्माण गरिने राउतले जानकारी दिए ।

बुधबार शिलान्यास कार्यक्रम संगै आयोजित पत्रकार सम्मेलनमा बोल्दै राउतले आसपासमा भएका अन्य अस्पताल संग गुणस्तरमा प्रतिस्पर्धा गर्ने बताए । यसो हुदा सेवाग्राहीपनि लाभान्वित हुने उनको तर्क छ । २४ महिनाभित्र निर्माण कार्य सम्पन्न गरेर अस्पतालको शुभारम्भ गरिने राउतले जानकारी दिए । २०० सय वेडको ‘अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखेर २४ सै घण्टा कार्डियाक इमर्जेन्सी र क्याथ ल्याब सेवा ,मधुमेह र ग्यास्ट्रो इन्ट्रोलोजीका लागि छुट्टै रिसर्च सेन्टर बनाइने बताए ।

स्वास्थ्य क्षेत्रका बहुलक्षित योजनाका साथ हस्पिटल स्थापना हुने विश्वास राउतले लिएका छन् । हस्पिटल बारे जानकारी दिन गरिएको कार्यक्रममा राउत परिवारका सदस्यहरु सहभागी भएका थिए । राजेन्द्र राउतका जेठा छोरा एवम् आर.आर.इन्टरनेशनल अस्पतालका निर्देशक प्रतिक राउतले हस्पिटल शुरु भए संगै जटिल स्वास्थ्य सेवाका निम्ति विदेश तथा राजधानीका अस्पताल धाउनुपर्ने बाद्यता हट्ने दावी गरेका छन्।

पत्रकार सम्मेलनमा श्रीमती सीमा राउत र प्रत्यूष राउतको सहभागिता रहेको थियो । सिमेन्ट, जुत्ताचप्पल, खानीलगायत दर्जनौ उद्योग संचालन गर्दै आएका राउतले सेवा क्षेत्रमा हात हाल्दै अस्पताल संचालनको तयारीमा जुटेका छन् ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल