Birat Post मंगलबार, पुष ०३, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,३ पुष । २० वटा बाणिज्य बैंकहरुले ४ महिनामा २१ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। बाणिज्य बैंकहरुले कात्तिक मसान्तसम्ममा २१ अर्ब ११ करोड रुपैयाँ खुद नाफा गरेका हुन् । बाणिज्य बैंकहरुले एक महिनाको अवधीमा आफ्नो ६ अर्ब २६ करोड अर्थात ४२.४४ प्रतिशतले बढाउन सफल भएका हुन्। असोज मसान्त अवधीमा १४ अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए।

यो अवधीमा सबै भन्दा धेरै नाफा नबिलले २ अर्ब १६ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। दोश्रो नम्बरमा रहेको ग्लोबल आईएमई बैंकले एक अर्ब ९४ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ।

तेश्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो अवधीमा एक अर्ब ८६ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कृषि विकास बैंक भने चौथो महिनामा पनि नोक्सानीमै रहेको छ।

कृषि विकास बैंक कात्तिक मसान्तसम्ममा २७ करोड ८८ लाख रुपैयाँ नोक्सानीमै छ। यो चार महिनामा सिद्धार्थ बैंकले ३३ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेर थोरै नाफा कमाउनेहरुको पहिलो नम्बरमै रहेको छ।

नेपाल बैंकले ६६ करोड ८१ लाख, राष्ट्रिय बाणिज्य बैंकले एक अर्ब २० करोड रुपैयाँ, स्ट्याण्डर्ड चाटर्ड बैंकले ९८ करोड, हिमालयन बैंकले एक अर्ब ५० करोड, नेपाल एसबिआई बैंकले ६० करोड, एभरेष्ट बैंकले एक अर्ब ८ करोड, एनआईसी एशिया बैंकले एक अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।

त्यस्तै, माछापुच्छ्रे बैंकले ६७ करोड, कुमारी बैंकले ८८ करोड, लक्ष्मी सनराइज बैंकले ५१ करोड, सिटिजन्स बैंकले ५८ करोड, प्राइम कमर्सियल बैंकले एक अर्ब ५३ करोड, एनएमबि बैंकले एक अर्ब २३ करोड रुपैयाँ नाफा कमाएका छन्। त्यस्तै, प्रभु बैंकले एक अर्ब ५ करोेड रुपैयाँ र सानिमा बैंकले ७७ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल