Birat Post मंगलबार, पुष ०३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३ पुष । विराटनगर ३ मा रहेको इडेन नेशनल बोर्डिङ स्कुलका संस्थापक अध्यक्ष तुलसी पोखरेलले स्कुलले दक्ष र योग्य शिक्षित जनशक्ति उत्पादनमा जोड दिइरहेको वताएका छन् ।

स्कुलको ३२ औँ स्थापना दिवसका अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले स्कुल स्थापनाको यो अवस्था सम्म आइपुग्नुको देन अभिभावक, कर्मचारी र शिक्षकहरुको रहेको भन्दै खुसी व्यक्त गरे । उनले भावी समयमा पनि स्कुललाई उत्कृष्ट बाटोमा हिडाउने भन्दै सवैको साथ सहयोगको आवश्यकता रहेको बताए ।

स्कुलमा झण्डै ७ सय विद्यार्थी अध्ययनरत छन् । विराटनगरको उत्तरी क्षेत्रमा रहेर उत्कृष्ट शिक्षा प्रदान गरिरहेको यो विद्यालयमा विद्यार्थी तथा अभिभावकहरुको आकर्षण वढेको देखिन्छ ।

यस्तै स्कुलका प्रिन्सिपल तारा श्रेष्ठले शेक्षिक गुणस्तरमा कुनै कन्जुस्याई नगरिएको वताए । अतिरिक्त क्रियाकलाप संगै शैक्षिक सिकाइमा विद्यार्थिहरु अब्बल रहुन भनेर काम गरिरहेको बताए । स्कुलले आफ्नो स्थापना दिवसमा विभिन्न सास्कृतिक तथा आन्तरिक व्यवस्थापन कार्यक्रम गरेको छ ।

विद्यालयमा अध्ययनरत कक्षा नर्सरि देखी कक्षा १० सम्मका विद्यार्थीहरुले नृत्य ,गायन तथा अभिप्रेरितमुलक कार्यक्रमको प्रस्तुती गरेका छन् । कार्यक्रममा स्कुलका संस्थापक सदस्य घनश्याम पोखरेल, भाइस प्रिन्सिपल विद्याकान्त दाहाल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल