Birat Post सोमबार, पुष ०२, २०८० मा प्रकाशित

featured photo: Birat Post
  • रोशिका अधिकारी

काठमाण्डौ विश्वविद्यालय र स्वीजरल्याण्डको ETH ZURICH विश्वविद्यालयको सहकार्यमा सञ्चालन भएको शिक्षा प्रणाली प्रयोगशाला (ILAB) कार्यक्रममा सहभागी ७ वटा समुहहरुमध्येको कोशी समुहले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (TVET) को क्षेत्रमा नँया अवधारणा अघि सारेको छ ।

गत बैशाख महिनामा काठमाण्डौ विश्वविद्यालयबाट प्रकाशित सूचना बमोजिम विभिन्न शिक्षालय, कार्यालय, मन्त्रालय, स्थानीय तह र विभिन्न परियोजना समेतमा प्राविधिक शिक्षाको क्षेत्रमा कार्य गर्ने आठ जनाको एक समुह निर्माण गरी काठमाण्डौ विश्वविद्यालयमा प्रस्ताव पेश गरेकामा प्रारम्भिक रुपमा छनौट भइ आफ्नो अवधारणा अनुसार कार्य गरिरहेको जनप्रिय माध्यमिक विद्यालय बुढीगंगा गाउपालिका टेक्स कार्यक्रम संयोजक तथा आइल्याव समूहका सदस्य लवकुमार यादवले बताउनुभयो ।

समुहका सदस्यहरु  बिना सुब्बा, नारद राई, डा.शिव दाहाल, लवकुमार यादव, गोपालप्रसाद दाहाल, लक्ष्मी न्यौपाने, प्रतिक्षा गजुरेल र अजिप चापागाँई रहनु भएको छ ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नका लागि गुणस्तरीय शिक्षा र पाठ्यक्रमले तोके बमोजिम अनिवार्य प्रयोगात्मक अभ्यास गर्नु आवश्यक हुन्छ । जसका लागि कक्षाकोठा सुधार गर्नुपर्ने मुख्य निष्कर्ष निकालेर CLASSROOM REFORM CASE  लाई आफ्नो विषयक्षेत्र तय गरि कार्य गरि रहेको छ । परम्परागत रुपमा रहेका प्राविधिक शिक्षा पढाइ हुने कक्षाकोठालाई सुधार गरेर प्राविधिक शिक्षाको विषय बमोजिमका न्युनतम् सामाग्रीहरुको व्यवस्थापन, बुक कर्नरको व्यवस्था, विद्यार्थीको बसाइका लागि फर्निचरमा परिवर्तन, प्रत्येक कक्षाकोठामा इन्ट्रयाकटीभ प्यानल बोर्ड अथवा स्मार्ट बोर्डको व्यवस्था, कक्षामा डस्टविनको प्रयोग, शिक्षक र विद्यार्थीबीचको दूरी, हावा ओहोर दोहोर गर्ने र प्रकाश सहितको कक्षाकोठा लगायत विविध कुराहरुमा जोड दिइ हेर्दै छुट्टै किसिमको कक्षा जसमा न्युनतम् सबै कुराहरु हुनुपर्नेगरी छुट्टै कक्षाकोठाको ढाँचा तयार गरि विद्यालयहरु अगाडी बढ्नु पर्नेमा टि भेट क्षेत्रमा लामो समय काम गर्नु भएका डा. शिव दाहाल बताउनु हुन्छ । उहा भन्नु हुन्छ अवको कक्षाकोठाहरु हेर्दै यो कुन विषयको हो भनेर सहजरुपमा छुटयाउन सकिने खालको हुनुपर्नेछ ।

CLASSROOM REFORM CASE  का लागि अध्यन र विभिन्न विज्ञहरु संग सल्लाह र छलफल गरि छिट्टै नै एक अवधारणा पत्र तयार गरी काठमाण्डौ विश्वविद्यालयमा पेश गरिने साथै प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) मा पेश गरिने टि भेटलाइ सुक्ष्मरुपमा अध्ययन गर्दै विकाश साझेदार संस्थामा काम गर्दै आउनु भएकी आइल्याव टिम कै अर्की सदस्य प्रतिक्षा गजुरेल वताउनु हुन्छ।आइ ल्याव समूहले प्रदेशमा नमूनाका लागि ४/५ वटा प्राविधिक विद्यालयमा कुरा भइरहेको र ४ वटा विद्यालयले छिट्टै नै कम्तीमा एक कक्षा कोठालाइ आइ ल्यावको अवधारणा अनुरुप मोडल कक्षा तयार गर्न इच्छुक रहेको बताउनुभयो ।

सो मोडेल कक्षाकोठा बमोजिम अन्य प्राविधिक शिक्षा अध्यापन हुने विद्यालयलाई पनि सोही बमोजम कक्षाकोठा व्यवस्थापन गर्न अनुरोध गर्ने जानकारी पनि दिनुभयो । दमक स्थित लाइफलाइन अस्पतालले आफ्नो एक कक्षालाइ मोडल कक्षा बनाउन थालिसकेको र यही महिनाभित्रमा सम्पन्न हुने पनि उहाँले बताउनुभयो । विद्यालयहरुमा कक्षाकोठा व्यवस्थापनका लागि हाल बजेट नहुने भएकाले यस्ता कक्षाकोठा व्यवस्थापनका लागि बजेट विनियोजन गरी शिक्षालयहरुलाई उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयमा लविङ र अनुरोध गर्ने जानकारी लाइफ लाइन कलेजकी प्रिन्सिपल तथा आइ ल्याव समुहकी सदस्य विना सुब्बाले बताउनुभयो ।

गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने र विद्यार्थी आकर्षणका लागि समेत टेवा पुग्ने विश्वाश यो समुहले लिएको र यसलाई पालिका तथा सबै क्षेत्रले यसलाई सकारात्मक रुपमा लिनु पर्ने शिक्षामा काम गर्दै आउनु भएकी अर्की सदस्य लक्ष्मी न्यौपानेले बताउनु भयो l यस विसयमा टि भेट सुधार र कक्षाकोठा सुद्रिधिकरण योजना निकै नै आवस्यक रहेको छ र हाल आएर विद्यार्थीको अध्ययनमा आकर्षण कम हुदै गएको अवस्थामा यो अवाधराणाले गुणस्तरीय शिक्षा तथा आकर्षण अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याउन सक्ने आदर्श माध्यमिक विध्यालयका प्रधानाध्यापक सन्तोष पोख्रेल वताउनु हुन्छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल