Birat Post आइतबार, पुष ०१, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१ पुष / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले असल काम गर्नेहरु भौतिक रुपमा नरहे पनि समाजले अनन्तकालसम्म सम्झिरहने बताएका छन् । आबाल ब्रम्ह्राचारी बालागुरु षडानन्द प्रतिष्ठान विराटनगरले आयोजना गरेको सम्मान समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले समाजका लागि राम्रो काम गर्नेहरु सधैं जीवन्त रहने विचार व्यक्त गरे । बालागुरु षडानन्दले राम्रो काम गरेकै कारण १८९ वर्षपछि पनि समाजले सम्झिरहेको उनको दाबी थियो ।

मेयर कोइरालाले षडानन्दले शिक्षा, धर्म, संस्कृति र समाज सुधारका क्षेत्रमा उल्लेखनीय कार्य गरेको स्मरण गरे । “आवाल ब्रम्ह्राचारी बालागुरु षडानन्द जन्मिएको १८९ वर्षपछि पनि हामी सम्झिरहेका छौं, उहाँका गुनगान गाइरहेका छौं,” मेयर कोइरालाले भने , “यदि उहाँले राम्रो काम नगरेको भए आज हामी सम्झँदैनथ्यौं ।

सो अवसरमा मेयर कोइरालाले षडानन्दका अनुयायी तथा शिक्षासेवी केदारप्रसाद गौतम र समाजसेवी बद्रीप्रसाद पहाडीलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । गौतमलाई ११ हजार १११ रुपैयाँ राशिले सम्मान गरिएको थियो । कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेत, प्रतिष्ठानका अध्यक्ष कोमलकृष्ण अधिकारी, उपाध्यक्ष रमेश चापागाईं, नेपाली कांग्रेस वडा नम्बर ३ का सभापति धर्मेन्द्र बानिया, षडानन्दका शोधकर्ता सुदीप अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल