काठमाडौँ ,२८ मंसिर । नेपाली कांग्रेसको आगामी महासमिति बैठकमा पेस गर्ने प्रस्तावलाई अन्तिम रुप दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल भएको छ।
महासमिति बैठकमा थापाले सांगठनिक र शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नेछन्। दुवै प्रस्तावलाई संयुक्त बनाई अन्तिम रुप दिन महामन्त्रीद्वयबीच बैठक भएको हो।
कांग्रेस महासमिति बैठक पुस १६ गतेदेखि १९ गतेसम्म हुँदैछ। कांग्रेसमा गुट उपगुटको फण्डा चलिरहदा शेखर कोइराला समुहको गुटमा पनि उपगुट सिर्जना हुन पुगेको छ । जसलाई केही मलमपट्टी लगाउने काम भने भएको छ । यद्यपी पछिल्लो समय देखिएको दरारका कारण कांग्रेसीजनहरुमा चिन्ता बढेको छ ।