काठमान्डौं,२८ मंसिर । मधेस आन्दोलनका क्रममा सशस्त्रका असई थमन बिकको हत्या अभियोग लागेका नेकपा एमालेका निलम्बित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले सफाइ पाएका छन् । जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले महतोलाई सफाइ दिएको हो ।
४ मंसिरको चुनावमा महोत्तरी–१ बाट निर्वाचित कोइरी नेकपा एमालेका सांसद हुन् । २०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी हालसम्म फरार छन् ।
मोहन कापरले पनि सफाइ पाएका छन् । यस घटनामा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको फैसला भएको छ । संजयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई पनि जन्मकैदको फैसला सुनाएको हो ।