काठमान्डौं,२७ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मौलिक नेपाली संस्कृतिलाई उद्योगसँग जोड्नेगरी नीति तयार भइरहेको बताएका छन् ।
नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ घोषणा कार्यक्रममा उनले यो जानकारी दिएका हुन् । संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न संघीय संस्कृति नीति बनाउनका लागि अध्ययन समिति बनाएका उनले बताए । त्यो समितिले निर्माण गरेको प्रतिवेदनको आधारमा छिट्टै ऐन र कानून पनि बनाउने मन्त्री किरातीले जानकारी दिए । ‘संस्कृतिलाई उद्योगमा जोड्ने नीति तयार गर्दैछौं’ उनले भने ।
कतिपय विकासोन्मुख राष्ट्रले संस्कृतिबाट धेरै लाभहरु लिइरहेको उल्लेख गर्दै मन्त्री किरातीले विकसित देशहरुमा संस्कृतिहरु हराउँदै गएको तर नेपालमा यसको धेरै ठूलो सम्भावना रहेको उल्लेख गरे ।