Birat Post मंगलबार, मंसिर २६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ मंसिर /
स्थानीय तहमा आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली सञ्चालन गर्दा हुने लाभका विषयमा जानकारी दिइएको थियो । महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको अभिमुखीकरणमा योजना महाखाका कर्मचारी, प्राविधिक, १९ वटै वडाका सचिवलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा योजना बैंक विज्ञ डा. गणेश गौतमले ७५३ वटा पालिकामा एउटै प्रणाली लागू गर्न सकिए सहज हुने बताउनुभयो । उहाँले एउटै प्रणालीमा रहेर काम गरेमा राम्रो हुने दाबी गर्नुभयो । टोल वस्तीमा गरेर योजना छनौट गरे पनि त्यसलाई आयोजना बैंकको सर्भरमा प्रविष्ट गर्न सकिने उहाँको भनाइ थियो । आयोजना बैंकमार्फत एक–अर्का पालिकाबीच तथ्यांक आदानप्रदान गर्नसमेत सजिलो र सहज हुने गौतमले बताउनुभयो ।

तीनै तहको सरकारले एउटै प्रणालीमार्फत आयोजनाहरु प्रविष्ट तथा भ्रण्डारण आयोजनाहरु नदोहोरिने गौतमको भनाइ थियो । राष्ट्रिय योजना आयोगले पूर्वतयारी बिना कुनै पनि आयोजनालाई बजेट विनियोजन नगर्न, आयोजनाहरुमा दोहोरोपन हुन नदिन र आयोजनासँगै सम्बन्धित धेरैभन्दा धेरै कागजातहरुलाई कागजविहीन बनाउनका लागि अनलाइन प्रविष्ट गर्न क्लाउडबेस स्टोरेजको सुविधा प्रदान गर्न आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ ।

सो अवसरमा स्थानीय आयोजना बैंक सञ्चालनका लागि मेयर कोइरालालाई प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सफ्टवेयर प्रणाली वडादेखि पालिकास्तरसम्म कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल