Birat Post मंगलबार, मंसिर २६, २०८० मा प्रकाशित

featured photo: Birat Post
विराटनगर,२६ मंसिर ।  कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले वन ऐनको कार्यविधि बनाई २८ प्रजातिका काठ विक्रिका लागि खुल्ला गर्ने बताएका छन् ।  नेपाल वन पैदावार उद्योग व्यवसायी सङ्घ मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको  १६ औं अधिवेशन तथा वार्षिक साधारण सभाको उद्घाटन गर्दै  उनले यस्तो वताएका हुन् । उनले समय अनुसार व्यवसायीहरुलाई परेको समस्या समाधान गरिने वताए ।
मन्त्री उप्रेतीले चाँडै मन्त्रीपरिषदबाट निर्णय गराई  व्यवसायीक उद्देश्यले वन जङ्गल भित्र सडेगलेको, ढलेको काठ  निकाल्ने व्यवस्था गर्ने वताए ।
यस्तै मन्त्रालयका सचिव विशाल घिमिरेले  समृद्धिको आधार वन क्षेत्र भएकोले  वन पैदावरको उपादकत्वकमा विविधीकरण गर्न  व्यवसायीहरुलाई सरकारले सहयोग गर्ने विचार व्यक्त्त गरे । सङ्घका अध्यक्ष बिजयकुमार कार्की, ,उपाध्यक्ष डिल्लीराम तिम्सिना,पूर्व अध्यक्ष दिनेश सुवेदी, केन्द्रीय सदस्य नारायणकुमार श्रेष्ठ,डिभिजन बन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरे लगायतले  सरकारी कार्यालयमा कडा प्रजातिका काठको प्रयोग अनिवार्य गर्न र निजी क्षेत्रले  वन संरक्षणमा उत्तरदायी भूमिका निभाउनु पर्ने सुझाव दिए । सो अवसरमा मन्त्री उप्रेतीले सङ्घका पूर्व सदस्य खगेन्द्रप्रसाद गौतमलाई सम्मान गरेका थिए । सङ्घले नयाँ नेतृत्व चयन गर्दै छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल