Birat Post सोमबार, मंसिर २५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२५ मंसिर / समावेशी समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष किशोरकुमार विस्वासले पार्टी विरुद्ध हड्ताल गर्ने पहिचानवादीहरु परिचालित भएको आरोप लगाएका छन् । उनले कोशी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानवादीहरुले शुरु गरेको आन्दोलन आफ्नो ठाउँमा सही भएपनि अन्य पार्टी र तीनका कार्यक्रम भाड्ने नियतले गरिने कार्य अनुचित भएको बताए ।

हरेक मानिस वा संस्थालाई राज्यले स्वतन्त्रता दिएको छ ,उनले भने ,”माग भनेको राज्य संग राख्ने हो र उसका विरुद्ध आन्दोलन गर्ने हो तर यहाँ त पार्टीका कार्यक्रम ,नेता लक्ष्यित विरोध हुनेगरेको भन्दै आलोचना गरे ।” पहिचानवादी आन्दोलनमा आफुहरुको सम्लग्नता नरहेको र आफुहरु कोशी र मधेश प्रदेशका ६ जिल्लालाई समेटेर थरुहट – कोचिला प्रदेश बनाउनुपर्ने एजेण्डामा लागेको बताए । राज्यले पहिचानवादीले मागेअनुसारनै प्रदेशको नामाकरण गर्‍यो भने पनि त्यो आफुहरुलाई मान्य नहुने बताए । विश्वासले कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर तथा मधेश प्रदेशको सिराहा र सप्तरी जिल्लालाई समेटेर थारुहट – कोचिला प्रदेश बनाउनु पर्ने पार्टीको निर्णय रहेको बताए । पहिचानवादीहरुले नेकपा एमाले लगायत अन्य दलहरुले गर्दै आएको  कार्यक्रमहरुमा अवरोध गर्दै आएको छ ।

विराटनगरमा मंसिर २३ र २४ गते बसेको पार्टीको निर्णय सार्वजनिक गर्दै अध्यक्ष विश्वासले जातिय अन्तरविरोध अन्त्यका लागि बहुल राष्ट्रिय वर्गिय, अन्तरविरोध अन्त्यका लागि समावेशी समाजवाद भन्ने मुल उद्देश्य सहित पुस १४ गते शनिबार झापाको विर्तामोडबाट अभियानको शुरुवात गरिने जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल