Birat Post आइतबार, मंसिर २४, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२४ मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुन: लड्ने घोषणा गरेका हुन् । यसबाट उलाई सत्तामा उनको दशकौँ पुरानो पकडलाई सन् २०३० को दशकसम्म बढाउने अनुमति प्राप्त हुनेछ ।

एकहत्तर वर्षीय पुटिनले यो शताब्दीको सुरुदेखि नै रुसको नेतृत्व गर्दै आएका छन्। उनले चारवटा राष्ट्रपतीय निर्वाचन जितेका छन् र करिब प्रतिपक्षी नै अस्तित्वहीन भएको प्रणालीमा केही समयका लागि प्रधानमन्त्रीका रूपमा सेवा गरेका छन् ।

पुटिनले उक्त घोषणा सैनिकहरूका लागि आयोजित क्रेमलिनको कार्यक्रममा गरेका थिए । कार्यक्रममा युक्रेनमा आक्रामक हमलामा लड्ने केही मानिस सहभागी थिए । गत वर्ष पुटिनले युक्रेनमा हमला गर्न आदेश दिएका थिए ।

विश्लेषकहरूका अनुसार पुटिनले पाँचौँ कार्यकालका लागि कुनै ठूलो चुनौतीको सामना गर्नुपर्ने छैन र उनले युक्रेन द्वन्द्वमा घरेलु असहमति लुकाउनका लागि सम्भव भएसम्म ठूलो जनादेश खोज्नेछन्।

सन् २०२० मा एक विवादास्पद संवैधानिक सुधारपछि उनी कम्तीमा पनि सन् २०३६ सम्म सत्तामा रहन सक्नेछन्। अधिकार समूहहरूले अघिल्ला निर्वाचनहरूमा अनियमितता भएको भन्दै आगामी निर्वाचनमा स्वतन्त्र पर्यवेक्षकहरूलाई मतदानको अनुगमन गर्न रोकिने बताएका छन् । निर्वाचन आगामी मार्च १५ देखि १७ सम्म हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल