Birat Post शुक्रबार, मंसिर २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

बुडापेस्ट, २२ मङ्सिर । बुधबार साँझबाट शुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबार समेत जनजीवन नराम्ररी प्रभावित भएको छ ।

राष्ट्रिय प्रकोप व्यवस्थापन महानिर्देशनालयले बिहीबार दिएको जनाकारी अनुसार देशका विभिन्न स्थानबाट जनजीवन प्रभावितका घटनाहरू प्राप्त भएका छन् । साथै ठाउँ-ठाउँमा रूखहरू ढलेकोर हाँगा भाच्चिएर सडक आवागमन समेत अवरुद्ध भएको विवरणहरू प्राप्त भएका छन् ।

नियमित रूपमा सञ्चालन हुने रेल र बस सेवाहरू लामो समयसम्म विलम्ब भएका छन् । ठाँउ ठाँउमा अवरुद्ध पनि भएका छन् । हङ्गेरियन समाचार एजेन्सी एमटीआईले जनाए अनुसार बसहरू लामो समयसम्म सडकमै फसेका छन् ।

त्यसै गरी देशको पश्चिमी र उत्तरपूर्वी भागहरूमा रेल सेवा पनि अवरुद्ध भएका छन् । राजधानी बुडापेस्टमा म्युनिसिपल मेन्टिनेन्स कम्पनी (एफकेएफ) ले अहिले अवरोध पन्छाउँदै सडक सफा गरिरहेको जनाइएको छ ।

पुल, ओभरपास, राजमार्ग र ठूला यातायातका मुख्य प्रवेशद्वार खाली गर्ने कामलाई प्राथमिकतामा राखिएको स्थानीय निकायले जनाएका छन् । उडानमा ढिलाइ हुँदा विमानस्थलहरूमा पनि यात्रुहरूको चाप बढिरहेको स्थानीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । रासस

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल