विराटनगर,२० मंसिर । विराटनगर मुख्य बजार क्षेत्रको सातघुम्तीमा रहेको कवाडी गोदाममा भएको आगलागीमा परी दुईजना मृत्यु भएको छ । जसमध्ये एकजनाको पहिचान खुल्न सकेको छैन ।
विराटनगर–७ का दिपक मण्डल र अर्का एकजनाको मृत्यु भएपछि जलेका कारण पहिचान गर्न नसक्ने अवस्थामा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिएका छन् ।
आगलागीमा परी ५५ वर्षीया रिता सरदार र ६० वर्षीय सुशीला पासवान , पिंकी कामत र किसोर कामत समेत घाईते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।