विराटनगर, १९ मंसिर । मोरङको विराटनगर –३ बुद्धचोक स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिं. को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको १५ औं साधारणसभाले राजेन्द्रप्रसाद खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा खनाल र लेखासंयोजकमा निधि पुन:चयन भएका हुन् ।
संस्थाको १५ औं साधारणसभाले राजेन्द्रप्रसाद खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष बराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सितादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिएका छन् । यसैगरि लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् ।