विराटनगर,१४ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले यस क्षेत्रका पशुपालक एवं दुध उत्पादक कृषकका समस्या समाधान गरिने बताएका छन् । नेपाल पाराभेटनरी एण्ड लाइभष्टक एशोसिएशनको ३४ औं स्थापना दिवसमा अवसरमा बिहिबार आयोजित दुध तथा दुधजन्य पदार्थको बजारीकरणको समस्या तथा समाधानको विकल्प सम्वन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । कृषकहरुले लिखित रुपमा राखेका समस्यालाई समाधान गर्ने प्रतिवद्धता व्यक्त्त गरे ।
सो अवसरमा प्रदेशका पशुपालक कृषकहरुले उत्पादन गरेको दुध र सरकारले तोकेको अनुसार न्यूनतम मूल्य निजी डेरी उद्योगहरुबाट उपलव्ध गराउन अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । बिमामा किसानको सहज पहुँच र क्षतिपूूर्ति उपलव्ध हुनुपर्ने माग समेत राखेका छन् । कार्यक्रममा एशोसिएसनका प्रदेश संयोजक योगेन्द्रलाल यादव र रामप्रसाद मेहताले कार्यपत्र प्रस्तुत गर्दै प्रदेशमा १६ हजार किसानलाई तालीम दिएको छ भने १२ लाख पशुमा सेवा पुर्याएको जानकारी दिए ।