Birat Post मंगलबार, मंसिर १२, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१२ मंसिर । प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुंग्याउन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले ध्यानाकर्षण गराएका छन् । गृह मन्त्रालयमा आज भएको भेटघाटमा उनीहरुले संघ अनुदार हुँदा प्रदेश सरकारले संघीयताको मर्मअनुसार काम गर्न गाह्रो परेको गुनासो गरे ।

प्रदेशहरुको संस्थागत सुदृढीकरण र बलियो संघीयताका लागि प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुंग्याउन माग गर्दै उनीहरुले गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

भेटघाटमा आन्तरिक मामिला मन्त्रीहरु वाग्मतीका गंगानारायण श्रेष्ठ, मधेसका मोहम्मद समिम, लुम्बिनीका सन्तोषकुमार पाण्डे, कर्णालीका कृष्णबहादुर जीसी। र सुदूरपश्चिममा शिवराज भट्ट सहभागी थिए । यस्तै गण्डकीकी ऊर्जामन्त्री सरस्वती अर्याल तिवारी र कोशीका बिना विभागीय मन्त्री शमशेर राई प्रतिनिधिका रूपमा सहभागी थिए ।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार संविधानत: प्रदेशहरुलाई अधिकार सम्पन्न र संघीयतालाई बलियो बनाउन आवश्यक ऐन निर्माण, संशोधन एवम् कार्यविधि तय गर्न लागिरहेको बताए । प्रहरी समायोजन प्रक्रियालाई प्राथमिकतामा टुंग्याउन उनले प्रतिबद्धता जनाएका छन् ।

सरकारको नीति कार्यक्रममा नै यो विषय उल्लेख भएको सन्दर्भमा संघ सरकार संवेदनशील रहेको पनि उनले बताए । प्रदेशहरुले प्रहरी समायोजन प्रक्रियामा आफूहरुले कामै गर्न नपाएको गुनासो गर्दै आएका छन् ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल