Birat Post शुक्रबार, मंसिर ०८, २०८० मा प्रकाशित

featured photo: Birat Post
मोरङ,८ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहका जनप्रतिनिधिहरुले जनतासंगको सम्बन्धलाई वलियो बनाउने पर्नेमा जोड दिएका छन् । उनले कांग्रेस निकट स्थानिय जनप्रतिनिधि तर्फ लक्षित गर्दै भने तपाईहरु जनतासंग नजिक बन्नुस् ।
नेपाल डेमोक्रेटिक लयर्स एशोसियशन मोरङद्वारा विराटनगरमा शुक्रबार  आयोजित प्रदेशस्तरीय स्थानीय तहमा कानूनी तथा वित्तिय सुशासन सम्वन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले स्थानीय निकायका नेपाली कांग्रेसका ३३२ प्रमुखहरुले संगठित रुपमा जनताको कार्य गरि पार्टीलाई वलियो बनाउनु पर्नेमा जोड दिए । महामन्त्री शर्माले लोकतान्त्रिक प्रणाली प्रतिको जनताको विश्वासलाई घनिभुत बनाउन जनप्रतिनिधिहरुको ठूलो भूमिका रहेको चर्चा गरे ।
स्थानीय निकायले प्राप्त अधिकारलाई सर्तकताका साथ नागरिकको हितका लागि प्रयोग गर्न आग्रह गरे । शर्माले लोकतन्त्रमा लोकतन्त्रको विरुद्ध सडकमा प्रदर्शन गर्न पाउनु नै सबै भन्दा सुन्दर पक्ष भएको चर्चा समेत गरेका थिए ।  कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्यहरु भीम पराजुली,डा.डिला संग्रौला, सरिता प्रसाई लगायतले लोकतन्त्रको जग स्थानीय तह भएकोले जनप्रतिहरुलाई कानूनी अडचनका विषयहरुमा जानकारी दिनु पर्ने सुझाव दिएका थिए ।
कोशी प्रदेश सभा सदस्य हिमाल कार्की,नेकां मोरङ उपसभापती  भक्तिनाथ माझी, नेपाली कांग्रेसका नेता गुरु घिमिरे,वरिष्ठ अधिवक्ता भरतबहादुृर थापा, समूहका मोरङ अध्यक्ष डिल्लीप्रसाद दाहाल, कर्णाली प्रदेका अध्यक्ष पदमबहादुर शाही ,केन्द्रीय उपाध्यक्ष कविता वस्नेतले स्थानीय तहको कानून समस्या समाधान गर्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय बहिरा महासंघ कोशी प्रदेशमा सुनिता तिम्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन
ट्रम्पको आप्रवासन नीति : ६ महिनाभित्रै ३ हजारभन्दा बढी नेपाली मुलुक फर्काइँदै
भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चार जना नेपालीको मृत्यु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल