Birat Post सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० कात्तिक । कोशी प्रदेशसभा विगत तीन महिनादेखि सभामुखविहीन रहँदै आएको छ। तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएयता नेकपा एमालेतर्फबाट उपसभामुख सृजना दनुवारले सभा सञ्चालन गर्दै आएकी छन्।

‍आज प्रदेशसभाको चौथो अधिवेशनको चौंथो बैठक साेमबार बस्दैछ।

विराटनगरस्थित प्रदेशसभा भवनमा आज दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए।

यसअघि कार्तिक १ गते मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने क्रममा सदन बसेको थियो। त्यसयता चाडपर्व आएसँगै बैठक बस्न सकेको थिएन।

आजकाे बैठकमा प्रदेशको बजेट र कर्मचारी ऐन सम्बन्धी ऐनको विषयमा छलफल हुने कार्यक्रम रहेको बताइएको छ। मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएयता प्रदेश सभाका बैठक पहिलोपटक बस्न लागेको हो।

प्रदेशसभा विगत साउन १६ गतेबाट सभामुखविहीन रहँदै आएकाे हाे। सत्ता परिवर्तनको खेलसँगै विश्वासको मत लिने विषयमा उपसभामुख दनुवार विवादमा मुछिएकी थिइन्।

भदौ ४ गते तत्कालीन मुख्यमन्त्रीका दाबेदार उद्धव थापालाई विश्वासको मत लिनका लागि उनले सदनको समय दिएकी थिइन्। तर उपसभामुख दनुवार सोही बिहान बिरामी भएको जनाउँदै काठमाडौं गएकी थिइन्। त्यसपछि उनको अनुपस्थितिमा प्रदेशसभाको अध्यक्षमण्डलतर्फबाट कांग्रेसका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले सदन सञ्चालन गरेका थिए।

मन्सुरीले थापाको विश्वासको मत लिने क्रममा सदनको जिम्मेवारी केही समयका लागि प्रदेशसभा सदस्य माओवादीकी गीता तिम्सिनालाई दिएका थिए।

तिम्सिनाले सभाको अध्यक्षता गरिरहँदा मत हालेपछि थापालाई विश्वासको मत पुर्‍याएका मन्सुरी पनि विवादमा परेका थिए। जसको विपक्षी दल नेकपा एमाले र राप्रपाले सदनमा नाराबाजी गर्दै विरोध गरेका थिए।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल