Birat Post सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० कात्तिक । कोसी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक आज सोमबार दिउँसो १ बजे बस्ने भएको छ। यसअघि प्रदेशसभाको बैठक गत कात्तिक १ गते स्थगन गरिएको थियो। कोसी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम आज बैठक बस्न लागेको हो।

बैठकको कार्यसूची बैठक बस्नुअघि तय हुने प्रदेशसभा सचिवचलयका सचिव गोपालप्रसाद पराजुलीले बताए। यसअघि कोसी प्रदेश सभामा स्थानीय सेवाका सर्त र सुविधालाई व्यवस्थित गर्न बनेको विधेयक प्रस्तुत भएको छ।

प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक सरकारले प्रस्तुत गर्ने तयारी गरिरहेको छ। यसैबीच, प्रदेशसभाको सभामुख कसलाई दिने भन्नेबारे दलहरुबीच अनौपचारिक छलफल गरिएको छ।

गठबन्धनमा आबद्ध दलहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सभामुख दिएर गठबन्धनमा सहभागी गराउने प्रयास गरिरहेको छ। मुख्यमन्त्री बन्न केदार कार्कीलाई समर्थन गरेको दल नेकपा एमालेले भने सरकार छाडिसकेको छ। यसले गर्दा मुख्यमन्त्रीलाई सबैको सहमति बनाउन असहज बनेको छ।

मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दा गठबन्धनका दलहरु माओवादी र नेकपा एकीकृतलाई सहभागी गराएपछि एमाले असन्तुष्ट बनेको हो।आफूसँग सल्लाह नगरी ती दललाई सरकारमा सहभागी गराएपछि असन्तुष्ट बनेको एमालेले सरकारमा सहभागी आफ्ना मन्त्री राम रानालाई फिर्ता बोलाइसकेको छ। रानाले राजीनामा दिएसँगै सरकारबाट एमाले बाहिरिएको हो।

सम्बन्धित

ताजा अपडेट
लायन्स क्लव अफ विराटनगर इनोभेटिभद्वारा शैक्षिक सामाग्री वितरण
राष्ट्रिय बहिरा महासंघ कोशी प्रदेशमा सुनिता तिम्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन
ट्रम्पको आप्रवासन नीति : ६ महिनाभित्रै ३ हजारभन्दा बढी नेपाली मुलुक फर्काइँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल