Birat Post शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,१७ कात्तिक ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देश, जनताको हित र मुलुकको प्रगति हुने निर्णयका लागि कलम चलाउन कोही पनि डराउन नहुने धारणा राखेका छन् ।

आज रक्षा मन्त्रालयमा भएको त्रैमासिक समीक्षा बैठकमा उपप्रधानमन्त्री खड्काले हरेक पटक कलम चलाउदा केवल देश जनताको हित, प्रगति मात्र ध्यानमा राखेर काम गरे कुनै पनि निर्णय गर्ने अधिकारीले कलम चलाउन डराउन नपर्ने बताएका हुन् । कुनैपनि काम गर्दै स्वार्थ, लोभ र डरबाट मुक्त भएर काम गर्न उनले मातहतका निकायलाई निर्देशन समेत दिए ।

रक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री खड्काले तराई–मधेस द्रुतमार्ग नेपाली सेना र नेपालकै लागि प्रतिष्ठाको विषय भएकाले यसलाई समयमै सम्पन्न गर्ने विषयमा कुनै सम्झौता गर्न नसकिने पनि प्रष्ट पारे । यसमा निर्णय गर्ने अधिकारी देखि काम गर्ने ठेकेदारसम्मले कुनैपनि बाहनामा ढिला सुस्ती गरे त्यसमा सरकार कडाइका साथ जाने पनि उनले प्रष्ट पारे ।

उपप्रधानमन्त्री खड्काले भने, “फाष्ट ट्रयाकको काम तोकिएको समय र गुणस्तरमा कुनै सम्झौता हुन सक्दैन, कहीँ कतै काममा अवरोध हुने समस्या आए तुरुन्त समाधान गर्न सरकार तयार छ ।”

अहिलेसम्म विकास निर्माणले गति लिन नसकेको विषयमा सबैले जिम्मेवारी लिनुपर्ने भन्दै उनले परम्परागत शैलीमा काम गरेर चमत्कारिक परिणाम दिन नसकिने भएकाले काम गर्ने शैलीमा आधुनिकिरण गर्न पनि निर्देशन दिए ।

सम्बन्धित

ताजा अपडेट
लायन्स क्लव अफ विराटनगर इनोभेटिभद्वारा शैक्षिक सामाग्री वितरण
राष्ट्रिय बहिरा महासंघ कोशी प्रदेशमा सुनिता तिम्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन
ट्रम्पको आप्रवासन नीति : ६ महिनाभित्रै ३ हजारभन्दा बढी नेपाली मुलुक फर्काइँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल