Birat Post बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ कात्तिक । जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्र मोरङले जिल्लामा भएका आयुर्वेद सेवा कार्यक्रम सम्वन्धी समन्वयात्मक समिक्षा गरेको छ ।

बुधबार विराटनगरमा भएको कार्यक्रममा आयुर्वेदिक औषधालय र नागरिक आरोग्य सेवाकेन्द्र मार्फत नौ वटा स्थानिय तहमा सेवा प्रवाहिकरण गरिरहेको जानकारी दिइयो । मोरङको विराटनगर ,उर्लाबारी,लेटाङ,कानेपोखरी,मिक्लाजुङ बेलबारी,रतुवामाई,जहदा र रंगेलीमा आयुर्वेद सेवा सन्चालनमा छ भने अन्य आठ वटा पालिकाहरुमा यो सेवा चाढै पुग्ने विस्वास गरिएको छ । यसमध्ये स्थानिय पालिकाहरुमध्ये विराटनगर महानगरले जिल्लाभरमा आफै आयुर्वेद आधारभुत स्वास्थ्यकेन्द्र सन्चालन गरेको छ । विराटनगर ११ मा यो स्वास्थ्यकेन्द्र सन्चालनमा रहेको जानकारी दिइयो ।

पछिल्ला समय नागरिकहरुमा आयुर्वेद उपचारमा आकर्षण वढेको र सोही अनुरुपका सेवादिन अझै कठिनाई भइरहेको कार्यक्रममा जानकारी दिइयो । आर्थिक कुरा सवैठाउँमा गासिने भन्दै सरोकारसम्वन्ध व्यक्तिहरुले तीनैतहको समन्वय र सहयोगको आवश्यकता रहेको औल्याएका थिए । कार्यक्रममा बोल्दै जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्र विराटनगरका प्रमुख डा.केनिन राईले पछिल्लो समय आयुर्वेद उपचारमा वढेको आकर्षण र यसको रिजल्ट प्रभावकारिताले उत्साह थपिएको बताए । जिल्लाका विभिन्न स्थानियतहमा रहेका आयुर्वेद औषधालय र नागरिक आरोग्य सेवाकेन्द्रको औचित्यता अझै बढेको बताए । आर्थिक अभावका कारण कतिपय सवालमा सेवा प्रवाहिकरणमा समस्या भोगिरहनुपरेको बताए । विराटनगरको तिनपैनी सोमबारे हाट छेउमा रहेको केन्द्रमा दैनिक १ सय देखी २ सय जना मानिसहरु सेवालिन आउनेगरेको राइले बताए । १५ बेड रहेको केन्द्रले नशा,मांसपेशी,हड्डी,अम्लपित्त,,अतिसार,स्वासप्रस्वास ,छालारोग,मानसिक विकार,स्त्री रोग ,नाक,कान ,घाटी लगायतका रोगको उपचार गरिने बताए । यस संगै हस्पिटलमै भर्ना गरेर उपचार गर्ने देखि विभिन्न खाले शल्यक्रिया समेत हुने गरेको जानकारी दिए ।

कार्यक्रममा आयुर्वेद स्वास्थ्यकेन्द्र विराटनगर वैद्य निरिक्षक पुनमकुमारी कर्ण,राजघाट आयुर्वेद औषधालय उर्लाबारीका कविराज निरिक्षक मानवहादुर वनेम,नागरिक आरोग्य सेवाकेन्द्र लेटाङका संयोजक तीर्थराज अधिकारी,कानेपोखरी संयोजक उमाशंकर महतो,मिक्लाजुङ संयोजक राधेश्याम प्रसाद साह, बेलबारी आयुर्वेदिक औषधालयका संयोजक कुलानन्दप्रसाद यादव ,सिजुवा आयुर्वेद औषधालय रतुवामाईका जयशंकर साह ,नागरिक आरोग्य केन्द्र जहदा खेमाकुमारी यादव र नागरिक आरोग्य केन्द्र रंगेलीका गणेशकुमार प्रमाणी लगायतले आर्थिक वर्ष २०७९ र ०८० को प्रगति विवरण प्रश्तुत गरेका थिए । उनीहरुले नगरमा गरेका कार्यहरुको समिक्षा सहितको प्रतिवेदन समेत प्रस्तुत गरेका छन् ।

सो कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई,उपप्रमुख उषा झा,जहदा गाउपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह,रंगेली नगरपालिका उपप्रमुख झुमा पराजुली लगायतको सहभागिता रहेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल