विराटनगर,२७ असोज ।
विराटनगर स्थित राजबंशी चोकमा ६ महिनाअघि भएको सवारी दुर्घटनाका पीडितले प्रहरी प्रशासनका कारण न्याय पाउन नसकेको बताएका छन् । ठक्कर दिने मोटरसाइकल धनिलाई पक्राउ पुर्जी जारी भएपनि प्रहरीले पक्राउ गर्न नसक्दा आफुले उपचारमा समस्या भोगिरहेको मोरङ बुढीगंगा गाउपालिका मानगढका शिवकुमार भट्टराई गुनासो पोखेका छन् । देव्रे गोडा पूर्णरुपमा अंगभंग भई हालसम्म पनि उपचारत रहेका उनले प्रहरीले गरेको बेवास्ताका कारण झन पीडा थपिएको बताएका हुन् ।
गत बैशाख २२ गते रानी इटहरी सडकखण्ड अन्तरगत राजबंशी चोकमा को.३९ प ७६०९ नम्बरको एफजेट भी थ्री मोटरसाइकल चालक नागेन्द्र राजबंशी (नदिन) ले को ६ प १६८२ नम्बरका मोटरसाइकल चालक शिवकुमार भट्टराइलाई ठक्कर दिएको थियो । सिसी क्यामेरा फुटेजका आधारमा पनि चालक नागेन्द्र राजबंशी (नदिन)को कमजोरी भएको देखिएको छ । सिसिक्यामेरा फुटेजको आधार र राजबंशीले समेत घटनामा कमजोरी भएको स्विकार गरेपछि उपचारखर्च बेहोर्ने सहमति मोरङ प्रहरी समक्ष भएको थियो ।
पिडित भट्टराइको देव्रे गोडा पूर्णत कामलाग्ने अवस्थामा छैन । हाल पनि उनी नोवेल अस्पतालमा उपचार गर्दै घरबाटै आउने, जाने गरिरहेका छन् । आर्थीक अभावका कारण गोडामा राखिएको स्टिल निकाल्न नसकेको उनको गुनासो छ । ठक्कर दिने राजबंशी माओवादी निकट रहेको र प्रचण्डका ज्वाइ जीवन आचार्यको ठाडो आदेशमा प्रहरीले पक्राउ गर्न आनाकानी गरिरहेको पनि बुझिएको छ । ठक्कर दिने राजबंशी फरार रहेको र फुर्सद भएपछि पक्राउ गर्ने खालको अभिव्यक्ति प्रहरीले दिएपछि पिडित परिवार न्यायको खोजिमा भौतारिरहेको छ ।